काठमाडौं। मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बैंकको बुधबार बसेको सञ्चालक समितिले सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
नेपाल राष्ट्र बैंकले स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गर्ने बैंकले जनाएको छ।
बैंकको चुक्तापुँजी एक अर्ब २१ करोड ७१ लाख रुपैयाँ रहेको छ। बैंकले सेयरधनीलाई १२ करोड १७ लाख रुपैयाँ नगद लाभांश दिनेछ।


