२०८३ कार्तिक ११ गते मङ्गलबार

ब्रम्हपुत्रमा भारतको विशाल जलविद्युत योजनाः ७७ अर्ब डलर लगानी, ७६ हजार मेगावाट बिजुली उत्पादन लक्ष्य

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ३०
bramhaputra

काठमाडौँ: ब्रह्मपुत्र नदीमा चीनले ६० हजार मेगावाट बिजुली उत्पादन गर्ने विशाल उच्च बाँध परियोजना सुरु गरेको छ। चीनको विशाल ऊर्जा परियोजनाबाट चिन्तित भारतले त्यसको जवाफमा महत्वकांक्षी योजना अघि बढाएको छ। भारतले आफ्नो ऊर्जा सुरक्षा सुनिश्चित गर्न र बढ्दो बिजुलीको माग पूरा गर्न ब्रह्मपुत्र बेसिनमा ७७ अर्ब डलर (६७ खर्ब भारु) लगानी गरी ७६ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ।

भारतको केन्द्रीय विद्युत प्राधिकरण (सीईए) ले ब्रह्मपुत्र बेसिनमा रहेका जलविद्युत प्लान्टहरूबाट बिजुलीको व्यवस्थित विकास र निकासीलाई सहज बनाउन ‘गुरुयोजना २०४७’ तयार पारेको छ। यस योजनाले ब्रह्मपुत्रका १२ वटा उपबेसिनहरूबाट ६५, हजार मेगावाट जलविद्युत क्षमताको निकासीका लागि प्रसारण प्रणालीको विस्तृत खाका बनाएको छ।

भारतको जलविद्युत क्षमताको पहिलो अध्ययन सन् १९५३ देखि १९५९ बीचमा तत्कालीन केन्द्रीय जल तथा ऊर्जा आयोगद्वारा गरिएको थियो, जसअनुसार देशको जलविद्युत क्षमता लगभग ४ करोड २० लाख किलोवाट अनुमान गरिएको थियो। पछि सन् १९७८ देखि १९८७ सम्म सीईएले यस क्षमतालाई पुनर्मूल्यांकन गरी लगभग १ लाख ४९ हजार मेगावाट पुर्‍यायो, जसमा ५९२ ठूला परियोजनाहरूले १ लाख ४५ हजार मेगावाट योगदान पुर्‍याउने देखिएको थियो। नोभेम्बर २०२२ मा प्रकाशित पछिल्लो प्रतिवेदनले पनि यस सम्भावनाको व्यवस्थित विकासमा जोड दिएको छ।

गुरुयोजनालाई दुई चरणमा विभाजन गरिएको छ। पहिलो चरण (सन् २०३५ सम्म) रहने छ। यस चरणमा १९ खर्ब १० अर्ब भारतीय रुपैयाँ  लागत अनुमान गरिएको छ। यसमा १० हजार घन किलोमिटर प्रसारण लाइन, ३० जीभीए रूपान्तरण क्षमता र १२ गिगावाट एचभीडीसीको विकास गर्ने प्रस्ताव छ। दोस्रो चरण (सन् २०३५ देखि २०४७ सम्म) रहेको छ। यो चरणमा ४५ खर्ब २० अर्ब भारतीय रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। यसमा २१ हजार घन किलोमिटर प्रसारण लाइन, ३८ जीभीए रूपान्तरण क्षमता र ३० गिगावाट एचभीडीसी आवश्यक पर्नेछ।

यस योजनाले कुल ३१ हजार घन किलोमिटर प्रसारण लाइन, ६८ जीभीए रूपान्तरण क्षमता र ४२ गिगावाट एचभीडीसीको विकासको परिकल्पना गरेको छ। आवश्यक प्रसारण प्रणालीमा कुल अपेक्षित खर्च लगभग ६४ खर्ब २९ अर्ब भारतीय रुपैयाँ हुनेछ।

ब्रह्मपुत्रका १२ उप–बेसिनहरूमध्ये दिबाङ, सियाङ, लोहित, सुबानसिरी, कामेङ, टिस्टा र बराकलाई प्रमुख मानिन्छ। यी क्षेत्रहरूमा विशाल जलविद्युत क्षमता रहेको छ।

ब्रह्मपुत्र बेसिन ५ लाख ८० हजार वर्ग किलोमिटरमा फैलिएको छ। जसमध्ये ५०.५ प्रतिशत चीनमा, ३३.६ प्रतिशत भारतमा, ८.१५ प्रतिशत बंगलादेशमा र ७.८ प्रतिशत भुटानमा पर्दछ। भारतमा यो बेसिन अरुणाचल प्रदेश, असम, पश्चिम बंगाल, मेघालय, नागाल्याण्ड र सिक्किम राज्यहरूमा १ लाख ९४ हजार ४१३ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ, जुन देशको कुल भौगोलिक क्षेत्रफलको ५.९ प्रतिशत हो।

भारतका ऊर्जा सचिव पंकज अग्रवालले बढ्दो माग पूरा गर्न र दीर्घकालीन ऊर्जा सुरक्षा सुनिश्चित गर्नका लागि दीगो, किफायती र भरपर्दो ऊर्जा स्रोतहरू विकास गर्नुपर्नेमा जोड दिएका छन्। गुरुयोजनाले पम्प स्टोरेज प्लान्टबाट ११ हजार १३० मेगावाट जलविद्युत क्षमता र अन्तर–राज्य प्रसारण प्रणालीमा जम्मा गर्ने प्रस्ताव पनि गर्दछ।

यस गुरुयोजनाले ब्रह्मपुत्र बेसिनमा जलविद्युत परियोजनाका विकासकर्ताहरूलाई बिजुलीको निकासीको सम्बन्धमा स्पष्ट मार्गचित्र प्रदान गर्नेछ र देशभरका उपभोक्ताहरूलाई भरपर्दो बिजुली उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।

प्रकाशित: २०८२ असोज ३० गते बिहिबार ०५:५७
प्रतिक्रिया

थप समाचार

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना