२०८३ साउन १३ गते बुधबार

पहिलो सगरमाथा आरोहण अभियानका अन्तिम जीवित सदस्य कान्छा शेर्पा रहेनन्

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ३१
Photo (1)

काठमाडौं। सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेको नेतृत्वमा सम्पन्न पहिलो सफल सगरमाथा आरोहण अभियानका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको बिहीवार बिहान काठमाडौंस्थित आफ्नै निवासमा ९२ वर्षको उमेरमा निधन भएको छ।

परिवारका अनुसार, आंग फुर्बा ‘कन्चा’ शेर्पा बिहीवार बिहान करिब २ः०० बजे स्वर्गीय भएका हुन्। शेर्पाले आफ्ना अन्तिम दिनहरू आफ्नो पैतृक घर नाम्चे बजारमा बिताएका थिए । जुन सगरमाथाको प्रवेशद्वारका रूपमा चिनिन्छ।

नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुर ग्याल्जे शेर्पाले भने,‘कान्छा’ शेर्पाको निधनले हामीलाई गहिरो शोक दिएको छ। सगरमाथाको पहिलो सफल आरोहणको इतिहाससँग जोडिएका यी महान व्यक्तित्वको अनुपस्थिति अद्वितीय क्षति हो । नेपाली पर्यटन क्षेत्रमा यसले अपूरणीय क्षति गरेको छ।’

कान्छा शेर्पा सन् १९३२ मा नाम्चेमा जन्मिएका थिए । १९ वर्षको उमेरमा कामको खोजीमा घरबाट भागेर भारतको दार्जिलिङ पुगेका उनको त्यहाँ तेन्जिङ नोर्गे शेर्पासँग भेट भएको थियो।

तेन्जिङले उनलाई सन् १९५२ को सगरमाथा अभियानका पर्वतारोहीको छोरा भएको थाहा पाएपछि सन् १९५३ को सर एडमन्ड हिलारीको अभियानमा सामेल गराएका थिए। यस अभियानमा उनी १०३ जना शेर्पामध्येका एक थिए र दैनिक पाँच रुपैयाँ पारिश्रमिक पाउँथे।

कान्छा शेर्पाले सन् १९७३ सम्म पर्वतारोहण अभियानमा काम गरे र पछि पत्नीको अनुरोधमा अवकाश लिएका थिए । त्यसपछि उनले हिमालयका ट्रेकिङ समूहसँग मार्गदर्शन गर्दै यात्रुहरूलाई सहयोग गरिरहे।

कान्छा शेर्पा स्वयं सगरमाथाको शिखरमा पुग्न सक्न सकेनन्। तर अभियानको सफलतामा महत्वपूर्ण भूमिका निभाए । उनी अन्तिम शिविर (हालको साउथ समिट) सम्म पुगेका थिए।

सन् २०२० मा राष्ट्रिय समाचार समिति (रासस) सँगको अन्तर्वार्तामा उनले अभियानका प्रारम्भिक दिनहरूको सम्झना गर्दै भनेका थिए, ‘हामी भक्तपुरबाट ३५ जना आरोही र ४०० भरियाहरूसँग निस्कियौं । बाटो थिएन, होटल थिएन, केवल पैदल यात्रा र भुटेको मकै खान्थ्यौं।’

क्याम्प १ सम्म पुग्ने मार्ग निर्माण सबैभन्दा चुनौतीपूर्ण काम भएको उनले उक्त अन्तरवार्तामा बताएका थिए। खुम्बु आइसफलमा गहिरो दरार आएको थियो। ‘हामीसँग सीढी थिएन । त्यसैले हामी नम्चे फर्कियौं, दस वटा पाइनको रुख काट्यौं, बोकेर माथि लग्यौं र काठको पुल बनायौं।’

उनका अनुसार, त्यतिबेला सगरमाथालाई नेपालीमा आधिकारिक रूपमा ‘सगरमाथा’ भनिएको थिएन; स्थानीयहरूले त्यसलाई ‘चोमोलुङ्मा’ भनेर चिन्थे। अभियानले क्याम्प चार स्थापना गरेपछि हिलारी र तेन्जिङ शिखरमा पुग्न अघि बढेका थिए।

१९५३ मे २९ मा करिब १ बजे रेडियो संदेशमार्फत उनीहरूको सफलताको पुष्टि भयो। कान्छाले सम्झिए, ‘हामी नाच्यौं, अँगालियौं र चुम्बन गर्यौं। त्यो पूर्ण आनन्दको क्षण थियो।’

उनको योगदानको मूल्याङ्कन गर्दै दैनिक आठ रुपैयाँ पारिश्रमिक दिइएको थियो । कान्छा शेर्पाको निधनसँगै पहिलो सफल सगरमाथा अभियानका सबै सदस्यहरू अब यस संसारमा छैनन्।

एएनआई

प्रकाशित: २०८२ असोज ३१ गते शुक्रबार १२:३५
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना