काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले सेयरधनीलाई २५ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
हिमालयनले ६१ करोड ४६ लाख ८१ हजार रुपैयाँबराबर बोनस सेयर र १५ करोड ३६ लाख ७० हजार रुपैयाँ नगद लाभांश दिने भएको छ।
प्रस्तावित लाभांश पारित गर्न हिमालयन डिष्टिलरीले आउँदो कात्तिक ३० गते २५ औं वार्षिक साधारणसभा बोलाएको छ।
बोनस सेयर वितरणपछि हिमालयन डिष्टिलरीको चुक्ता पुँजी बढेर तीन अर्ब ६८ करोड ८० लाख रुपैयाँ पुग्ने छ। हाल कम्पनीको चुक्ता पुँजी तीन अर्ब सात करोड ३४ लाख रुपैयाँ छ।


