काठमाडौं। स्ट्यान्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडले सेयरधनीहरुलाई १९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
बैंकको शुक्रबार विहान बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो।
नेपाल राष्ट्र बैंकको स्वीकृति र त्यसपछि वार्षिक साधारणसभाबाट पारित भएपछि प्रस्तावित लाभांश सेयरधनीलाई वितरण गर्ने बैंकले जनाएको छ।


