२०८३ कार्तिक १२ गते बुधबार

नेपालको अर्थतन्त्र ४९ अर्ब डलर पुग्ने, आकारमा विश्वको १०० औँ ठूलो !

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ९
nepal_india_china

काठमाडौँ : आगामी वर्ष सन् २०२६ मा नेपालको अर्थतन्त्रको आकार विश्वको १०० औँ ठूलो हुने अनुमान गरिएको छ। आगामी वर्ष नेपालको अर्थतन्त्रको आकार बढेर ४९ अर्ब ११ करोड डलर पुग्ने भिजुअल क्यापिटलिस्टले देखाएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले नेपालको अर्थतन्त्रको आकार बढेर ६१ खर्ब ७ अर्ब रुपैयाँ पुगेको देखाएको छ। आगामी वर्षको तथ्यांक सार्वजनिक हुन बाँकी छ। नेपालको अर्थतन्त्र अफ्रिकाको तेल उत्पादक लिबिया भन्दा पछि र युरोपको आइसल्याण्डभन्दा अघि हुने अनुमान छ। आकारको हिसाबले १०० औँ ठूलो भए पनि प्रतिव्यक्ति आम्दानीको आधारमा १६० औँ स्थानमा हुने भएको छ।

नेपालको प्रतिव्यक्ति आम्दानी बढेर आगामी सन् २०२६ मा १ हजार ६५८ डलर पुग्ने अनुमान गरिएको छ। नेपालीको प्रतिव्यक्ति आय अहिले १ हजार ५१७ डलर छ। पछिल्ला चार वर्षको अवधिमा नेपालको अर्थतन्त्र १०० औँ स्थानको वरिपरि रहेको छ। गत वर्ष नेपालको अर्थतन्त्रको आकार ४७ अर्ब ८० करोड र २०२२ मा ३९ अर्ब अमेरिकी डलर थियो। आगामी वर्ष नेपाल अति कम विकसित मुलुकबाट लोअर मिडल इन्कम कन्ट्री (विकासशीलको पहिलो चरण) मा प्रवेश गर्दै छ।

नेपाल विश्वको दोस्रो ठूलो चीन र चौथो ठूलो अर्थतन्त्र भारतको बीचमा रहेको छ। दुई उदयमान अर्थतन्त्रको बीचमा रहे पनि यसबाट नेपालले लाभ लिन सकेको छैन। चालू आर्थिक वर्षमा सरकारले ६ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान प्रक्षेपण गरेको छ। तर, जेनजी आन्दोलनले ठूलो मानवीय र भौतिक क्षति गरेकाले यो लक्ष्य पूरा नहुने देखिएको छ। जेनजी आन्दोलनको घटनापछि विश्व बैंकले सार्वजनिक गरेको नेपालको परिदृश्यअनुसार नेपालको अर्थतन्त्र दुई प्रतिशत हाराहारीमा मात्र विस्तार हुने देखिएको छ। यता अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आर्थिक वृद्धि चार प्रतिशत हाराहारीमा हुने अनुमान सार्वजनिक गरेको छ। आन्दोलनपछि अर्थतन्त्रमा ८१ प्रतिशत हिस्सा भएको निजी क्षेत्र थलिएकाले थप लगानी आउने सम्भावना कम छ।

दक्षिण एसियामा भारत ठूलो
दक्षिण एसियामा सबैभन्दा ठूलो अर्थतन्त्र भारत रहेको छ। भारतको अर्थतन्त्रको आकार बढेर ४५ खर्ब ५ अर्ब डलर पुग्ने अनुमान गरिएको छ। गत वर्ष भारतको अर्थतन्त्रको आकार ४२ खर्ब ७१ अर्ब ९० करोड डलर थियो। चौथो स्थानमा रहेको छिमेकी भारत आगामी सन् २०२८ सम्म विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने तयारीमा छ।

दक्षिण एसियाको दोस्रो स्थानमा बङ्गलादेश रहेको छ। विश्व मानचित्रमा बङ्गलादेशको अर्थतन्त्रको आकार ३४ औँ स्थानमा छ। बङ्गलादेशको अर्थतन्त्रको आकार ५ खर्ब १९ अर्ब पुगेको छ। गत वर्ष ४ खर्ब ८१ अर्ब ९० करोड डलर थियो। भिजुअल क्यापिटलिस्टले दक्षिण एसियाको पाकिस्तान, श्रीलङ्का र अफगानिस्तानको समावेश गरेको छैन। यद्यपि यो वर्ष पाकिस्तानको अर्थतन्त्र बढेर ४ खर्ब १० अर्ब पुगेको अनुमान गरिएको छ। यस्तै श्रीलङ्काको ८७ अर्ब र अफगानिस्तानको १७ अर्ब ४९ करोड डलर पुगेको अनुमान छ।

गत वर्ष पाकिस्तानको अर्थतन्त्रको आकार ३ खर्ब ७४ अर्ब ६० करोड डलर थियो। विश्वमा पाकिस्तान ४३ औँ स्थानमा थियो। दक्षिण एसियामा पाँचौँ ठूलो अर्थतन्त्र नेपाल छ।

छैटौँ स्थानमा माल्दिभ्स रहेको छ। माल्दिभ्सको अर्थतन्त्रको आकार ७ अर्ब ६० करोड डलर छ। माल्दिभ्स १ सय ५३ औँ स्थानमा छ भने सातौँ स्थानमा रहेको भुटानको अर्थतन्त्रको आकार ३ अर्ब ७७ करोड डलर छ। भुटान विश्वमा १ सय ६२ औँ स्थानमा छ।

पहिलो अमेरिका, अन्तिममा टुभालु
भिजुअल क्यापिटलिस्टका अनुसार विश्व अर्थतन्त्रको आकार बढेर १ हजार २३५ खर्ब ८४ अर्ब डलर पुगेको छ। गत वर्ष विश्व अर्थतन्त्रको आकार १ हजार १५३ खर्ब ९१ अर्ब डलर पुगेको थियो। अर्थतन्त्रको यो आकार १ सय ८९ मुलुकको हो।

अमेरिका विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक हो भने सबैभन्दा सानो अर्थतन्त्र भएको देश ओसियानियामा रहेको टापु मुलुक टुभालु हो। अमेरिकी अर्थतन्त्रको आकार बढेर ३ सय १८ खर्ब २१ अर्ब डलर पुग्ने अनुमान गरिएको छ। गत वर्ष ३ सय ३३ खर्ब ७२ करोड डलर थियो। विश्व कूल अर्थतन्त्रको एक चौथाइभन्दा बढी हिस्सा अमेरिकाको छ। एक शताब्दीदेखि अमेरिका संसारकै ठूलो अर्थतन्त्र बन्दै आएको छ।
टुभालुको अर्थतन्त्रको आकार ६ करोड डलर छ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र छिमेकी चीनको छ। चीनको अर्थतन्त्रको आकार बढेर २ सय ६ खर्ब १८ अर्ब डलरको छ। गत वर्ष १ सय ९५ खर्ब ३४ अर्ब डलर थियो।

तेस्रो स्थानमा रहेको जर्मनीको ५३ खर्ब २८ अर्ब, पाँचौँ स्थानमा जापानको ४४ खर्ब ६३ अर्ब, बेलायतको ४२ खर्ब २५ अर्ब, फ्रान्सको ३५ खर्ब ५८ अर्ब, इटालीको २७ खर्ब १० अर्ब, रसियाको २५ खर्ब ९ अर्ब र १० औँ स्थानमा रहेको क्यानडाको अर्थतन्त्रको आकार २४ खर्ब २० अर्ब डलर पुग्ने अनुमान छ। आईएमएफद्वारा प्रस्तुत गत अक्टोबरको प्रतिवेदन अनुसार २०२६ को विश्व अर्थतन्त्रको दृष्टिकोण जोखिममा रहेको उल्लेख गरिएको छ।

आईएमएफले विखण्डन र बढ्दो संरक्षणवादको बीचमा विश्वव्यापी वृद्धि सुस्त भइरहेको छ। सम्भावित टेक स्टकको मूल्य निर्धारणदेखि संस्थागत स्वतन्त्रतामा क्षयीकरणसम्मका महत्वपूर्ण नकारात्मक पक्ष–जोखिमहरू छन्, जसले नीतिगत निर्णयहरूलाई कमजोर बनाउन सक्ने संकेत गरेको छ।

तैपनि, अक्टोबर २०२५ सम्मको आईएमएफको डेटा म्यापरबाट २०२६ का प्रक्षेपणहरू प्रयोग गरेर प्रत्येक देशको जीडीपी ब्रेकडाउन गरेको भिजुअल क्यापिटलिस्टले जनाएको छ।

डलरको मूल्यले प्रत्येक मुलुकको अर्थतन्त्रको आकार निर्धारण गर्दछ। केही हदसम्म लचिलो श्रम बजार र निरन्तर उपभोक्ता खर्चले यो प्रभुत्वलाई आधार दिन्छ। अमेरिकाले सुरु गरेको व्यापार युद्धले विश्वव्यापी बजारलाई हल्लाएको छ। अमेरिकाको भन्दा चीनको अर्थतन्त्र ३५ प्रतिशत कम छ भने तेस्रो स्थानमा रहेको जर्मनीको भन्दा तीन गुणा बढी छ। चिनियाँ सामानहरूमा करबाट थपिएको अवरोधले विश्वको सबैभन्दा ठूलो निर्यात क्षेत्रलाई पनि असर गर्नेछ।

यस्तै अर्को उदयमान मुलुक इन्डोनेसिया र टर्कीले सूचीमा अग्रता लिएका छन्, जसले धेरै मध्यम–आय भएका राष्ट्रहरूको जनसांख्यिकीय लाभ र नीतिगत सुधारहरूलाई चित्रण गर्दछ। १५ खर्ब ७६ अर्ब डलरसहित टर्की १६ औँ ठूलो अर्थतन्त्र भएको छ भने इन्डोनेसिया १५ खर्ब ५० अर्ब डलरसहित १७ औँ स्थानमा रहेको छ।

प्रतिव्यक्ति आम्दानीमा लक्जमबर्ग पहिलो स्थानमा
युरोपेली मुलुक लक्जमबर्ग प्रतिव्यक्ति आम्दानीको हिसाबले पहिलो स्थानमा छ। लक्जमबर्गको प्रतिव्यक्ति आम्दानी १ लाख ५४ हजार ११५ डलर छ। यस्तै सबैभन्दा कम अफ्रिकाको साउथ सुडानको छ। साउथ सुडानको प्रतिव्यक्ति आम्दानी ३६९ डलर छ।

प्रतिव्यक्ति आम्दानीको हिसाबले सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका सातौँ स्थानमा छ। अमेरिकाको प्रतिव्यक्ति आम्दानी ९२ हजार ८८३ डलर छ। यस्तै दोस्रो ठूलो अर्थतन्त्र चीन १४ हजार ७७४ डलरसहित ७६ औँ स्थानमा छ। यस्तै चौथो ठूलो अर्थतन्त्र भारत ३ हजार ५१ डलरसहित १४० औँ स्थानमा छ। भुटान र माल्दिभ्सको भन्दा भारतको प्रतिव्यक्ति आम्दानी कम छ। भुटानको ४ हजार ७१० डलरसहित १२६ औँ स्थानमा छ।

प्रकाशित: २०८२ कार्तिक ९ गते आईतबार ०५:४९
प्रतिक्रिया

थप समाचार

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना