बेइजिङ। एएफपी। चिनियाँ विद्युतीय सवारी साधन (कार) उत्पादक कम्पनी बिवाइडी अटोको नाफा घटेको छ। बिवाईडी अटोले तेस्रो त्रैमासिक नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशतले घटेको जनाएको छ।
सुस्त घरेलु खपतका कारण चिनियाँ कार निर्माता कम्पनी विवाइडी अटोले आफ्नो कारोबारलाई विदेशमा विस्तार गर्न खोज्दैछ।
विवाइडीले तेस्रो त्रैमासिकको लागि आफ्नो खुद नाफा ७.८ अर्ब युआन (१.१ अर्ब डलर) रहेको जानकारी दिएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ३२.६ प्रतिशतले कम हो। यो यो बर्षको लगातार दोस्रो त्रैमासिक गिरावट हो।
चीनको सेन्जेन सहरमा रहेको कार उत्पादक बिवाईडीले सोही अवधिमा एक खर्ब ९५ अर्ब युआन आम्दानी गरेको थियो। यो आम्दानी गत वर्षको तुलनामा तीन प्रतिशत कम हो।
चीनको विद्युतीय सवारी साधन उद्योग विश्वको अग्रणी छ तर आत्मघाती घरेलु बजारले कम्पनीको नाफामा असर पारेको छ। घरेलु बजारमा देखिएको सुस्त कारोबारका कारण बिवाइडीसहित धेरै कम्पनी यसको सन्तुलन वा नाफा वृद्धिका लागि विदेशी बजारमा फर्केका छन्।
विद्युतीय कार उद्योगको परीक्षा पनि बढ्दै गएको छ। बिवाइडीले व्यापक किस्ताबनधी योजना र छुटको घोषणा गरेको एक हप्ता पछि मे महिनामा चीनको शीर्ष उद्योग समूहले चिनियाँ वाहन निर्माताहरूबीच मूल्य युद्धलाई बढावा दिएकोमा आलोचित हुनुपरेको थियो।


