२०८३ कार्तिक १३ गते बिहिबार

फोर्ड मोटर फर्कियो भारत, नेक्स्ट जेनेरेस इन्जिन उत्पादनमा साढे ३२ अर्ब लगानी गर्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १५
ford_moter

एजेन्सी। अमेरिकाको फोर्ड मोटर कम्पनी भारतको तमिलनाडुमा बन्द भएको कारखानामा पुनः सञ्चालनमा ल्याउने भएको छ। पूर्ण रूपमा अर्को पुस्ताका (नेक्स्ट जेनेरेसन) इन्जिन उत्पादन गर्न फोर्डले ३२ अर्ब ५० करोड भारु लगानी गर्न सहमत भएको छ।

फोर्डले तीन वर्षपछि उत्पादन सञ्चालन नवीकरण गर्ने लामो योजनालाई पुनर्जीवित गरेको छ। चेन्नई नजिकै रहेको मराईमलाई नगर प्लान्टबाट फोर्डले आउँदो सन् २०२९ देखि गाडी उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ। जसको वार्षिक क्षमता दुई लाख ३५ हजार इन्जिन हुनेछन्। यसले धेरै अप्रत्यक्षका साथै ६०० भन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ।

गत मार्च १८ मा फोर्डले चेन्नईबाट इन्जिन र सम्बन्धित कम्पोनेन्टहरू उत्पादन र निर्यात गर्न खोजिरहेको जानकारी दिएको थियो।
पछि, अक्टोबर ११ मा फोर्डका शीर्ष कार्यकारीहरूले प्लान्टको भविष्यको बारेमा छलफल गर्न तमिलनाडु सरकारका अधिकारीहरूलाई भेट्ने अपेक्षा गरेको जानकारी दिएका थिए।

फोर्ड मोटर कम्पनीका प्रतिनिधिहरूले दिनको सुरुमा तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनलाई भेटेर सेप्टेम्बर २०२४ मा कम्पनीले पेश गरेको आशय पत्रको आधारमा इन्जिन उत्पादन योजनाहरू पुष्टि गरेका थिए।

बढ्दो घाटा, गाडी बिक्रीमा गिरावट र विश्वव्यापी पुनर्संरचनाकाबीच फोर्डले सेप्टेम्बर २०२१ मा भारतमा रहेको आफ्नो कारखाना बन्द गरेको थियो। सन्२०२२ मा कम्पनीले गुजरातको सानन्दमा रहेको आफ्नो कार निर्माण कारखाना टाटा मोटर्सलाई बेचेको थियो।

यद्यपि, यसले यस क्षेत्रमा इन्जिन उत्पादन सुविधा कायम राखेको थियो। फोर्डले चेन्नई प्लान्ट बेच्न अन्य अटोमेकरहरूसँग पनि वार्ता गरिरहेको थियो। तर, पछि योजनालाई स्थगितको निर्णय गरेको थियो।

१९९५ देखि भारतमा आफ्नो तीन दशक लामो कार्यकालमा, कम्पनीले २ अर्ब डलरभन्दा बढी लगानी गरेको थियो। इकोस्पोर्ट एसयूभी र फिगो सानो कारसहित सफल मोडेलहरू उत्पादन थालेर राम्रो बजार हिस्सा ओगटेको थियो।

पछिल्लो उत्पादन योजनाहरूले सानन्दमा रहेको इन्जिन उत्पादन प्लान्टलाई पूरक बनाउँछ, जसले इन्जिन उत्पादन र निर्यात गर्दछ। भारत यस क्षेत्रमा कम्पनीको सञ्चालनको लागि महत्वपूर्ण रहने बताइएको छ।

‘हामी हाम्रा योजनाहरूलाई अगाडि बढाउन र फोर्डको उत्पादन सञ्जालमा चेन्नई प्लान्टको महत्वपूर्ण भूमिका पुष्टि गर्न पाउँदा खुसी छौं’ फोर्डका अन्तर्राष्ट्रिय बजार समूहका अध्यक्ष जेफ मारेन्टिकले एक विज्ञप्तिमा भने ‘योजनाहरूलाई अगाडि बढाउन हामी तमिलनाडु सरकारको निरन्तर सहयोगको लागि आभारी छौं। यो निर्णयले भविष्यका उत्पादनहरूको लागि भारतको उत्पादन क्षमताको लाभ उठाउने हाम्रो प्रतिबद्धतालाई सुदृढ बनाउँछ।’

फोर्डले इन्जिनको प्रकार र निर्यात बजारको बारेमा विवरण उत्पादन सुरु हुने बित्तिकै सार्वजनिक गर्ने भनेको छ।

बलियो उपस्थिति

कार निर्माण कार्यबाट बाहिरिए पनि फोर्डले तमिलनाडुमा रहेको आफ्नो विश्वव्यापी व्यापार सञ्चालनमार्फत भारतमा बलियो उपस्थिति कायम राख्यो। लगभग १२ हजार मानिसहरूलाई रोजगारी दिन्छ।

भारतमा फोर्डको लगानी यस्तो समयमा आएको छ जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी र विदेशी कम्पनीहरूलाई उत्पादन र रोजगारी देशमै फिर्ता सार्न दबाब दिइरहेका छन्। विदेशमा उत्पादन गर्नेहरूको सार्वजनिक रूपमा आलोचना गरिरहेका छन्।।

चेन्नईमा उत्पादन सुरु गर्ने फोर्डको निर्णयले तमिलनाडुको पुनरुत्थान भएको अटोमोटिभ क्षेत्रलाई थप ऊर्जा दिने तमिलनाडुका उद्योगमन्त्री टीआरबी राजाले भनेका छन्।

‘यो केवल अवस्थित फोर्ड सुविधामा उत्पादनको सुरुवात मात्र होइन, यो राज्यले अर्को पुस्ताको इन्जिनको उत्पादनको साथ अटोमोटिभ उद्योगको भविष्यतर्फ अर्को कदम चालेको छ। हामी यहाँ फोर्डको सञ्चालनलाई समर्थन गर्न प्रतिबद्ध छौं’ उनले भनेका छन्।

(द इकोनोमिक टाइम्सको सहयोगमा)

प्रकाशित: २०८२ कार्तिक १५ गते शनिवार ०५:३३
प्रतिक्रिया

थप समाचार

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना