२०८३ कार्तिक २४ गते सोमबार

रारामा पर्यटकको चहलपहल, घोडा व्यवसायी उत्साहित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १५
IMG_0291-1762002112

मुगु – कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल नेपाली भाषाको उद्गमस्थल जुम्लाको कनका सुन्दरी सिन्जा हुँदै नेपालको ठूलो र गहिरो रारा अर्थात महेन्द्र तालसम्मको हवाई र सडक सुधार भएपछि घोडा व्यवसाय पनि फस्टाएको छ।

रारामा घोडा ब्यावसायबाट आम्दानी राम्रो हुने भएपछि व्यवसायी उत्साहित छन्। पछिल्ला महिनामा मौसम खुलेसँगै सप्तरङ्गी राराको दृश्य हेर्न, घुम्न, अध्ययन–अनुसन्धान गर्न पर्यटकहरुको चाप बढेपछि घोडा ब्यवसाय सन्चालन गर्दै आएका स्थानीयहरुका लागि राम्रो आम्दानीको स्रोत बनेको छ।

रारा तालको वरिपरी घुम्न र चुचेमारा साथै मुर्मागाँउसम्म घोडसवार गर्दा निकै आनन्द महसुश हुनेगर्छ। हालै काठमाडौंबाट आएका २५ जना भन्दा बढीको टोलीले घोडामा यात्रा गरे। काठमाडौं बुढानिकण्ठ–१० घर भई रारा घुम्न आएकी आशा अधिकारीले घोडचढीले रारा घुम्नुको बेग्लै आनन्द आएको प्रतिक्रिया दिइन्।

‘हामी पनि मुर्मा टप पुग्दा त्यहाँबाट सैपाल हिमाल, छायानाथ ,चंखेली हिमाल, चुचेमारा हिमाललगायत अन्य धार्मिक तीर्थस्थल सहित बाजुरा, हुम्ला, जुम्ला, बाजुरा, अछामलगायत सात जिल्लाको अवलोकन गरेर फर्किदा निकै आनन्द आयो,’ उनले भनिन्।

बिगतका भन्दा पछिल्ला बर्षहरुमा कर्णाली राजमार्गको सडक निर्माण कार्यमा दैनिक सुधार हुँदै जान थालेपछि कर्णाली प्रदेशलगायत देशका मुख्य सहर पोखरा, काठमाडौ, नेपालगञ्ज, विराटनगर, चितवनलगायतका ठाउँबाट नेपाली भाषाको उद्गम थलो जुम्लाको कनका सुन्दरी हुँदै रारा आउने पर्यटकहरुको संख्या बढेको स्थानीय होटल व्यवसायीहरुको भनाई छ।

दशैं तिहार सकिएपछि रारामा दैनिक दैनिक ५० देखि १ सय ५० जना सम्म स्थानीय पर्यटक रारा घुम्न आउने गरेका गरेका छन्।

घोडा ब्यवसाय समितिको निर्णय अनुसार पालैपालो गरेर घोडाको प्रयोग हुने गरेको छ। रारा घुम्न आएका पर्यटकहरु तालको किनारमा फोटो खिच्ने, टिकटक बनाउने, घोडा चढेर फोटो सुट गर्ने गरेका छन्।

सल्लेरीबाट रारा हुटु, माझघट्, मुर्माटप, महादेब मन्दिर, लागुडा मन्दिरसम्म घोडाबाट पर्यटकहरु रमाउँदै जाने गरेका छन्। घोडा चालकले दैनिक २५ सयदेखि ८ हजार रुपैंयाँ सम्म प्रति ब्यक्तिले कमाउने गरेका छन्। तर, घोडा व्यवसायीहरुबाट उठाएको कर सदूपयोग नभएकोमा गुनासो बढेको छ।

पर्यटकहरुबाट घोडा ब्यावसायप्ले उठाएको केही रकमबाट मध्यवर्ती क्षेत्र ब्यावस्थापन समिति मुगुले २० प्रतिशत रकम मध्य १० प्रतिशत घोडा चालक समितिमा जम्मा गर्ने र पर्यटन भरिया शुल्क बापत कार्यालयमा जम्मा भएको १० प्रतिशत कार्यालयमा जम्मा भएको रकम पर्यटकहरु र घोडाचालकहरु बिरामी हुँदा र केही समस्या पर्दा खर्च गर्नको जम्मा गर्ने गरेका छन्।

तर, घोडा हिडाउने बाटो नै खराब हुँदा व्यवसायी चिन्तित भएका छन्। बिषेश गरी रारामा बन्दै गरेका साइकिलिङ रुटका कारण समस्या हुने गरेको छ।

घोडाका लागि सहज बाटोका लागि घोडा चालक समिति र कार्यालयको सहकार्यमा बाटो सुधार गर्ने मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति राराका अध्यक्ष बिष्णु रावलले बताए।

प्रकाशित: २०८२ कार्तिक १५ गते शनिवार १०:२९
प्रतिक्रिया

थप समाचार

फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’

क्यान्बेरा: नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ। नेपाली युवाको पहलमा तयार...

तरकारीका बेर्ना बेचेर लाखौँ आम्दानी गर्दै राजकुमार

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन्। उनले तरकारीको बेर्नासँगै गहुँ र धानको...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज प्रतितोला सुन रु एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला...

घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान करिब ५ बजे सडक माथिबाट...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना