२०८३ कार्तिक १३ गते बिहिबार

चीनमा मूल्य बढेपछि चाँदीमा बढ्यो लगानी, ठूलो वजनका आभूषणमा आकर्षण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १६
chadi

बेइजिङ: चीनमा चाँदीको मूल्य उच्चदरमा वृद्धि भएपछि लगानीकर्ताहरूको चाँदीतर्फ आकर्षण तीव्र बनेको छ। यसले चाँदीलाई प्रमुख लगानीयोग्य धातुका रूपमा थप स्थापित गरेको छ। सेन्जेनस्थित प्रमुख ज्वेलरी व्यापार केन्द्र–शुइबेइमा चाँदीको मूल्य बढेसँगै बिक्रीमा अभूतपूर्व वृद्धि भएको व्यापारीहरूले बताएका छन्। विशेष गरी ठूलो वजनका आभूषण तथा लगानीका लागि बनाइने सिलभर बारहरूको माग अत्यधिक देखिएको छ।

पूर्वी चीनको शानदोंग प्रान्तबाट शुइबेइ पुगेका व्यापारी गुओले ५०० ग्रामका थोरै बाँकी रहेका चाँदीका बार किने। उनले पछिल्लो समय चाँदीको अभाव यति भएको बताए की, नियमित ग्राहक वा आफन्तले समेत अग्रिम भुक्तानी गर्दामात्रै अर्डर सुनिश्चित गर्न सक्ने अवस्था आएको छ।

अर्का एक व्यापारीले भने, ‘शुइबेइ क्षेत्रमा कतै पनि चाँदीको बारको स्टक छैन। माग यति बढेको छ कि मध्यरातमै पनि चाँदी किन्न फोन आउने गरेको छ।’ शुइबेइका खुद्रा पसलेहरूका अनुसार हाल बजारमा आएको चाँदी तत्कालै बिक्री हुने र यस्तो ‘खरिद उन्माद’ विगत १० वर्षमा नदेखिएको स्थिति हो।

सिलभर शो–रूमका प्रबन्धक आइ जियावेई भन्छन, ‘गत दस दिनयता त झनै ठूलो संख्यामा विभिन्न क्षेत्रका मानिसहरू चाँदीको मूल्य सोध्न र किन्न आउन थालेका छन्। १० वर्षको अनुभवमा यस्तो उन्माद कहिल्यै देखेको छैन। भित्रिने सबै चाँदी हरेक दिन ढुवानी गर्नमै व्यस्त छौँ।’

बजार तथ्यांकअनुसार अक्टोबर मध्यसम्म आइपुग्दा चाँदीको मूल्य यो वर्षकै शुरुवातदेखि करिब ७० प्रतिशतले बढेको छ। सोही अवधिमा सुनको मूल्य वृद्धि ५५ प्रतिशत हाराहारीमा रहेको छ। विश्लेषकहरूका अनुसार विश्वव्यापी आर्थिक अनिश्चितताबीच सुरक्षित लगानीको विकल्पका रूपमा चाँदीको माग बढ्नु मूल्य वृद्धि हुनुको प्रमुख कारण हो। सुन जस्तै चाँदी पनि अहिले सुरक्षित सम्पत्ति का रूपमा लोकप्रिय बन्दै गएको छ।

प्रकाशित: २०८२ कार्तिक १६ गते आईतबार १०:२४
प्रतिक्रिया

थप समाचार

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना