काठमाडौं। निजी क्षेत्रबाट स्थापना भएको सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सेयरधनीलाई पाँच प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट सेयरधनीलाई पाँच प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।
कम्पनीले १४ करोड ५० लाख रुपैयाँबराबर बोनस सेयर वितरण गर्ने भएको छ। सिंगटीको चुक्ता पुँजी दुई अर्ब ९० करोड रुपैयाँ छ। बोनस सेयर वितरणपछि चुक्ता पुँजी बढेर तीन अर्ब चार करोड ५० लाख रुपैयाँ पुग्नेछ।
आगामी साधारणसभाबाट पारित गरेपछि बोनस सेयर वितरण गर्ने जानकारी कम्पनीले दिएको छ।


