नयाँ २०२५ हुन्डाई भेन्यु हेजल निलो, मिस्टिक नीलो, एटलस सेतो, टाइटन खैरो, ड्र्यागन रातो, एबिस कालो कलरमा हेजल निलो कालो रूफ र एटलस सेतो / कालो रूफमा उपलब्ध छ।
काठमाडौँ: लामो समयको प्रतीक्षापश्चात् हुन्डाई इन्डियाले नयाँ पुस्ताको २०२५ हुन्डाई भेन्यु सार्वजनिक गरेको छ। कम्पनीले यसको सुरुवाती मूल्य भारतीय रूपैयाँ ७ लाख ९० हजार (एक्स-शोरुम) तोकेको छ। नयाँ भेन्यु आठवटा भेरियन्ट र आठवटा रंग विकल्पहरूमा उपलब्ध हुनेछ, जसमा तीनवटा पावरट्रेन (इन्जिन) विकल्प समावेश छन्।
नयाँ हुन्डाई भेन्युमा नयाँ फ्रन्ट र रियर बम्पर, आकर्षक एलईडी हेडलाइट, नयाँ डीआरएल, एलईडी टेललाइट, नयाँ ग्रिल, १७ इन्चको डुअल–टोन एलोय ह्विल, र टेलगेटमा बोल्ड ‘भेन्यु’ लेखिएको कनेक्टेड एलईडी लाइट बार जस्ता फिचरहरू छन्, जसले यसलाई अझ आधुनिक बनाएका छन्।
नयाँ २०२५ हुन्डाई भेन्यु हेजल निलो, मिस्टिक नीलो, एटलस सेतो, टाइटन खैरो, ड्र्यागन रातो, एबिस कालो कलरमा हेजल निलो कालो रूफ र एटलस सेतो / कालो रूफमा उपलब्ध छ।
२०२५ भेन्युको क्याबिन पूर्णरूपमा नयाँ डिजाइनमा तयार गरिएको छ। यसमा दुईवटा १२.३ इन्चका कर्भ्ड स्क्रिनहरू, नयाँ ड्यासबोर्ड लेआउट, आकर्षक सेन्टर कन्सोल, तीन-स्पोक स्टीयरिङ ह्विल, र भेन्टिलेटेड फ्रन्ट सिटहरू जस्ता फिचरहरू छन्।
अन्य प्रमुख फिचरहरूमा ड्राइभ र ट्र्याक्सन मोड, छवटा एयरब्याग, ३६०-डिग्री क्यामेरा, ब्लाइन्ड-स्पट मोनिटर, र इलेक्ट्रिक सनरूफ पनि रहेका छन्। नयाँ भेन्यु आठवटा भेरियन्टमा बजारमा उपलब्ध हुनेछ।
हुन्डाईले नयाँ भेन्युलाई आफ्ना भरोसायोग्य इन्जिन विकल्पहरूसँगै प्रस्तुत गरेको छ। यसमा नयाँ ६-स्पीड टर्क कनभर्टर अटोमेटिक ट्रान्समिसन पनि थपिएको छ।


