काठमाडौँ: निर्देशक, अभिनेता, गायक तथा सामाजिक अभियन्ता निश्चल बस्नेतलाई मातृशोक परेको छ। बस्नेतकी ७९ आमा अमृता बस्नेतको बुधबार बिहान ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
विगत १५ वर्षदेखि डायलासिस गराइरहेकी अमृतालाई पछिल्लो समय निमोनियाले च्यापेपछि अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा बुधबार बिहान उनको मृत्यु भएको हो।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।


