काठमाडौं। सरकार स्वामित्वको कृषि विकास बैंकले सेयरधनीलाई १३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको बुधबार बसेको ११८७बैठकले ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।
नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लाभांश वितरण हुनेछ।


