काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक घटेको छ। आज नेप्से सूचक ११.२९ अंक बढेर २५ सय ९६.१२ विन्दुमा झरेको हो।
आज १ करोड ८ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ५ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।
आज ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
त्यस्तै, आज सर्वाधिक कारोबार शिवम सिमेन्टको भएको छ। कम्पनीको मात्रै ३० करोड ९१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।
यस दिन दुई ओटा कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। सकरात्मक सर्किट लाग्ने कम्पनीमा दरमखोला हाइड्रो लिमिटेड र माबिलुङ इनर्जी लिमिटेड रहेका छन्।


