काठमाडौं। माउन्टेन इनर्जी नेपाल लिमिटेडले सेयरधनीलाई २१ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समिति बैठकले २० प्रतिशत बोनस सेयर तथा कर तिर्ने प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।
आउँदो मंसिर २९ मा बस्ने साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ।
वार्षिक साधारणसभा प्रयोजनको लागि कम्पनीको सेयर खरीद बिक्री दाखिल खारेज आउँदो मंसिर १७ गते एक दिनको लागि बन्द गर्ने कम्पनीले जनाएको छ।


