२०८३ कार्तिक १५ गते शनिवार

सिप्रदी ग्रुपको टाटा गाडी व्यापार ३० प्रतिशत बढ्यो, एक वर्षमा २४ अर्ब कारोबार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २१
sipardi

काठमाडौं। सिप्रदी ग्रुपले सञ्चालन गरिरहेको सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडको टाटा गाडी व्यापार ३० प्रतिशत बढेको छ। एक वर्षमा कम्पनीले २४ अर्ब आठ करोड रुपैयाँको टाटा गाडी, मोबिल र एक्साइड ब्याट्रीको व्यापार गरेको छ।

सन् २०२४ मा सिप्रदीको गाडी व्यापार १८ अर्ब ५८ करोड आठ लाख रुपैयाँ थियो। एक वर्षमा सिप्रदीको गाडी व्यापार साढे पाँच अर्ब रुपैयाँ बढेको रेटिङका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।

कम्पनीले २०२३ मा १८ अर्ब ३० करोड २०२२ मा २८ अर्ब ९५ करोड, २०२१ मा २५ अर्ब ४१ करोड रुपैयाँको गाडी व्यापार गरेको थियो।

गत वर्ष कूल व्यापारमा कमर्शियल भेहिकलको हिस्स ६९ प्रतिशत रहेको छ। कारोबार वृद्धिसँगै कम्पनीको अपरेटिङ प्रोफिट मार्जिन सामान्य बढेर २.७ प्रतिशत पुगेको छ। यसअघि यस्तो मार्जिन २.२ प्रतिशत थियो। वर्षौंदेखि टाटा मोटर्सले नेपालमा बलियो ब्रान्ड बनाएको छ। जसले कमर्सियल भेहिकलमा खण्डमा अग्रणी स्थान कायम राख्न सफल भएको दाबी सिप्रदीको छ।

कम्पनीले कमर्शियल भेहिकल खण्डमा प्रमुख बजार हिस्सा ६० देखि ६५ प्रतिशत कायम राखेको छ। देशभर आफ्नो स्वामित्वमा रहेका चार शोरूमहरू, १४ डिलरहरू र विभिन्न बिक्री बिन्दुसहितको विविध बिक्री नेटवर्क सञ्चालन गर्दछ।

कम्पनीको आम्दानीको आधार पनि विविध छ। कमर्शियल र प्राइभेट भेहिकल बिक्री, वर्कसप सेवाहरू, ब्याट्री र लुब्रिकेन्टबाट आम्दानी हुने गरेको छ। नेपालमा इन्टरनल कम्बस्ट इन्जिन (आईसीई) आधारित प्राइभेट खण्डमा स्थापित ब्रान्डहरू जस्तै हुन्डाई, मारुती सुजुकी र कियासँग कडा प्रतिस्पर्धा गर्नुपरेको छ।

साथै इभी खण्डमा बिवाइडी र एमजी जस्ता ब्रान्डहरूसँग प्रतिस्पर्धा बढ्दो छ। वर्षौंदेखि कम्पनीको सेयरधनीलाई दिने लाभांश उच्च रहेको छ।

गत तीन वर्षमा औसतमा नाफाको ६८ प्रतिशत लाभांश वितरण गरेको छ। यो वर्षको लाभाशं घोषणा नभएको कम्पनीले जनाएको छ।

सन् १९७९ मा स्थापित सिप्रदी ट्रेडिङ नेपालमा टाटा ब्रान्डको गाडी १९८२ देखि कमर्शियल भेहिकल र १९९२ देखि प्राइभेट भेहिकल, एक्साइड ब्याट्री सन् २००० देखि र म्याक लुब्रिकेन्ट सन् २००२ देखि नेपालमा बिक्री वितरण सुरु गरेको हो।

सिप्रदी ग्रुपका अध्यक्ष सिद्धार्थ शम्शेर राणा हुन्। कम्पनीले १३ अर्ब ७५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ। यस्तै गाडी किन्नका लागि वित्तीय मध्यस्तकर्तामा ग्रुपले सिप्रदी हायर पर्चेज प्रालि सञ्चालन गरिरहेको छ।

प्रकाशित: २०८२ कार्तिक २१ गते शुक्रबार ०५:४५
प्रतिक्रिया

थप समाचार

विश्वको अर्थतन्त्र आकार १२८० खर्ब हुँदा नेपालको साढे ४५ अर्ब डलर मात्र

विश्वको कुल अर्थतन्त्रको ४२ प्रतिशतभन्दा बढी हिस्सा अमेरिका र चीनले ओगटेका छन्। अमेरिकाको अर्थतन्त्रको हिस्सा विश्वको एक चौथाइ छ। अमेरिका, चीन, जर्मनी र जापान—यी चार देशले मात्र विश्वको कुल...

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना