काठमाडौँको वसन्तपुर दरबार क्षेत्र स्वदेशी एवम विदेशी पर्यटकहरूको रोजाइमा पर्छ। सांस्कृतिक, पुरातात्वीक एवम ऐतिहासिक महत्वका सम्पदाहरुको अवलोकनका लागि पर्यटकहरु वसन्तपुरको फन्को लगाउने गर्छन्। मौसम सफाचट बनेपछि र जेनजी आन्दोलनको प्रभाव कम भएपछि सो क्षेत्रमा विदेशी पर्यटकहरूको चहलपहल बढेको छ।




























