काठमाडौं। सानिमा बैंकले पवनकुमार आचार्यलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ।
बैंकका वर्तमान सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गते समाप्त हुने भएपछि, सञ्चालक समितिको सोमबार बसेको बैठकले आचार्यलाई माघ १२ गतेदेखि चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
आचार्य यसअघि बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए।


