काठमाडौं। मध्यमार्गी सहमतिपछि उद्योगीहरुले धमाधम बिजुलीको बक्यौता महशुल बुझाउन थालेका छन्।
बुधबार घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडले डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौताको पहिलो किस्ता बुझाएको छ। घोराहीले एक करोड ८१ लाख रुपैयाँ बुझाएपछि उद्योगमा नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन जोडेको छ।
घोराहीले ५० करोड ८५ लाख ३५ हजार रुपैयाँ महशुल बक्यौता बाँकी रहेको विद्युत प्राधिकरणले जनाएको छ। विद्युत प्राधिकरणले यही कात्तिक ७ गते बिजुली लाइन काटेको थियो।
यसैगरी मंगलबार सोनापुर मिनरल एन्ड आयल लिमिटेडले हिलो किस्ता बुझाएपछि नेपाल विद्युत प्राधिकरणले काटिएको विद्युत लाइन जोडेको छ।
घोराहीले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो।


