काठमाडौँ- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातवटै प्रदेशमा अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले कोशीको विर्तामोड र इटहरी, मधेशको वीरगञ्ज र मिर्चैया, बागमतीको नारायणघाट, भक्तपुर र काठमाडौँमा प्रशिक्षण कार्यक्रम गरेको हो।
यस्तै गण्डकीको पोखरा, लुम्बिनीको बुटवल र नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको टीकापुर र अत्तरिया गरी कुल १३ स्थान ६ हजारभन्दा बढी अभिकर्तालाई तालिम प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ। यसका साथै उत्कृष्ट व्यवसाय गर्ने करिव हजार जना अभिकर्ताहरुलाई सम्मान गरिएको छ।
यसबाट जीवन बिमा क्षेत्र र कम्पनीको विश्वसनीयता थप बढ्ने कम्पनीको भनाइ छ।


