काठमाडौँ: बिहीबार बिहान काठमाडौँ महानगरपालिकाले पूर्व ऊर्जामन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा रहेको कम्पनी खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा डोजर चलाएको छ।
स्काउटको जग्गा ओगटेर राखेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा महानगरको सहयोगमा युवा तथा खेलकुद मन्त्रालयले संरचना खालि गराउन लागेको हो।
महानगरले नेपाल स्काउटको लिजमा लिएको जग्गाको भाडा बुझाएर खाली गर्न पटकपटक ताकेता गर्दै आए पनि कम्पनीले अटेर गर्दै आएको थियो।














