मुस्ताङ: नेपाल–चीन सिमानास्थित नेचुङ भन्सारबाट ४१ वटा मालवाहक सवारीसाधन हस्तकलाका सामग्री लिएर चीनतर्फ गएका छन्।
भन्सार कार्यालयका अनुसार यस अवधिमा एक हजार ६९९ वटा विद्युतीय सवारीसाधन चीनबाट पैठारी भएका छन्।
८२८ वटा मालवाहक सवारीसाधन आयातित सामग्री लिएर आएका छन्। जसबाट कार्यालयले रु तीन अर्ब ४९ करोड ८५ लाख ११ हजार राजस्व संकलन गरेको छ। उक्त रकम गत भदौ ३१ देखि यही कात्तिक २५ गतेसम्म संकलन भएको हो।
