काठमाडौं। सञ्चालनमा रहेको मुलुककै सबैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोसीले नाफा गरेको छ।
विकासकर्ता कम्पनी अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाशमा एक अर्ब ६७ करोड ४६ लाख रुपैयाँ खुदनाफा गरेको छ।
गत वर्षको यही समयमा कम्पनी दुई अर्ब ५७ करोड २५ लाख रुपैयाँ नोक्सानमा थियो। गत आर्थिक वर्षमा अपरतामाकोसीले ६३ करोड १९ लाख रुपैयाँ मात्र नाफा गरेको थियो।
चालू आर्थिक वर्षको पहिलो त्रैमाशमा कम्पनीले तीन अर्ब ८५ करोड ५१ लाख रुपैयाँबराबरको बिजुली नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी ७.९१, प्रतिसेयर नेटवर्थ ५३.२५ रुपैयाँ छ।
कम्पनीको कूल दायित्व ८५ अर्ब रुपैयाँ रहेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। अपरतामाकोसीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ रहेको छ।
आयोजनाको २० वटा किस्ताको १५ तालिका तथा अन्य संस्थानको लागि १० वटा किस्ताको १५ वर्षे ऋणा निर्धारण गरी आर्थिक वर्ष २०८२ असोजसम्म सरकारको सात र अन्य वित्तीय संस्थाहरूको १४ किस्ता ब्याज भुक्तानी गरिएको अपरतामाकोसीले जनाएको छ।


