काठमाडौं। एसवाई प्यानल लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँड भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज आइतबार उक्त शेयर बाँडफाँड गरेको हो।
कम्पनीले कार्तिक १९ गतेदेखि कार्तिक २३ गतेसम्म आम सर्वसाधारणलाई ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस आईपीओमा कुल २१ लाख ८९ हजार ७७३ जनाले आवेदन दिएका थिए।
जसमध्ये २० लाख ८७ हजार ३२० जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जस अनुसार ४ लाख ७ हजार ६१५ जनाले मात्र शेयर पाएका छन्। शेयर पाएका मध्ये ६ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले पाएका छन्।
बाँकि आवेदक भने हात खाली भएका छन् ।


