काठमाडौँ: कारोबारको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घटेको छ।
आज नेप्से परिसूचक ५.१५ अंकले घटेर २५४०.५७ विन्दुमा झरेको हो। आज ७९ लाख ५७ हजार ५६ कित्ता बराबरको शेयर खरिद बिक्री हुँदा ३ अर्ब ८९ करोड बराबरको कारोबार भएको छ। यसदिन ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको शेयर मूल्य घटेको छ। साथै, १४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज ३ ओटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एसबीएलडी ८९ को सबैभन्दा बढी कारोबार भएको छ। उक्त कम्पनीको मात्र २८ करोड भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।


