२०८३ कार्तिक १५ गते शनिवार

बत्तिसपुतलीमा डेढ अर्ब लगानीमा ‘मन्नत’ बुटिक होटल बन्दै, आउँदो पुसमा सफ्ट लञ्चको तयारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ३०
hotel_room

काठमाडौँ: पछिल्ला वर्ष मुलुकमा प्रमुख शहर र पर्यटकीय गन्तव्यहरुमा तारे र बुटिक स्तरिय होटल निर्माण भइरहेका छन्। होटल क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले पनि लगानी बढाइरहेका छन्। राजधानीको बत्तिसपुतलीमा सेक्योर हस्पिटालिटी प्रालिले बुटिक होटल ‘मन्नत’ बनाइरहेको छ। होटल पूर्वाधार बनाउन एक अर्ब ४० करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

प्रस्तावित होटलमा ४० कोठा हुने भएको छ। हालसम्म ८५ प्रतिशत भौतिक र ९० प्रतिशत वित्तीय प्रगति भएको छ। होटल आगामी जनवरीमा सफ्टलञ्च गर्ने लक्ष्य व्यवस्थापनले लिएको छ। आगामी २०२६ को जुनदेखि होटल पूर्ण क्षमतामा सञ्चालनमा आउने भएको छ। सेक्योर हस्पिटालिटीले होटल मन्नत ब्राण्डमा सञ्चालन गर्ने भएको हो। पहिला होटल एक अर्ब १७ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो।

कोभिड महामारीपछि समय लम्बिँदा लागत पनि बढेको सेक्योर हस्पिटालिटीले जनाएको छ। ७० प्रतिशत बैंकको ऋण र बाँकी ३० प्रतिशत संस्थापकको स्वपुँजी(इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ। सेक्योर्डले ९९ करोड ४७ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ।

ठूलो संख्यामा संगठित र असंगठित खेलाडीहरूको उपस्थितिले होटल उद्योगमा कडा प्रतिस्पर्धा छ। होटल उद्योग धेरै हदसम्म विदेशी पर्यटकको आगमनमा निर्भर भएकोले सेक्योरको सञ्चालनमा आएपछि अवस्थित खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने क्षमता हेर्न बाँकी छ।

सेक्योर हस्पिटालिटी स्न २०१९ नोभेम्बरमा स्थापना भएको हो। होटलमा सुविधाजनक बैठक हल, सम्मेलन हललगायत अन्य सुविधाहरू समावेश छन्। होटल दिलकुमार श्रेष्ठले निर्माण थालेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केवल २.२ किलोमिटर दुरीमा रहेको छ।

होटल नजिकैको आकर्षणहरू जस्तै पवित्र पशुपतिनाथ मन्दिर १.६ किलोमिटर, प्रतिष्ठित स्वयम्भुनाथ स्तूप ७.४ किलोमिटर, काठमाडौँ दरबार स्क्वायर ४.९ किलोमिटर र बौद्धनाथ स्तुपा ४.७ किलोमिटर दुरीमा छ।

प्रकाशित: २०८२ कार्तिक ३० गते आईतबार ०५:११
प्रतिक्रिया

थप समाचार

विश्वको अर्थतन्त्र आकार १२८० खर्ब हुँदा नेपालको साढे ४५ अर्ब डलर मात्र

विश्वको कुल अर्थतन्त्रको ४२ प्रतिशतभन्दा बढी हिस्सा अमेरिका र चीनले ओगटेका छन्। अमेरिकाको अर्थतन्त्रको हिस्सा विश्वको एक चौथाइ छ। अमेरिका, चीन, जर्मनी र जापान—यी चार देशले मात्र विश्वको कुल...

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना