काठमाडौं – आइसीसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल खेल आजबाट इंग्ल्यान्डको लन्डनमा सुरु भएको छ। फाइनलमा भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। भर्खरै सम्पन्न भएको टस जितेर भारतले पहिले बलिङ रोजेको छ।
अहिले अष्ट्रेलियाका डेभिड वार्नर र उसमान खवाजा सुरुआति ब्याटिङमा आएका छन्। इंग्ल्यान्डको द ओभलमा सुरु भएको खेलमा विश्व क्रिकेटका दुई पावर हाउस उपाधी जित्ने सोचका साथ मैदान उत्रिएका छन्।
भारत रोहित शर्मा तथा अष्ट्रेलिया प्याट कमिन्सको कप्तानीमा मैदान उत्रिएको छ।
भारत पहिलो संस्करणको पनि फाइनलमा पुगेको थियो। प्रतिस्पर्धात्मक फाइनल खेलमा उसले न्युजिल्यान्डसँग ८ विकेटले पराजित ब्यहोरेको थियो। अष्ट्रेलिया पहिलो पटक टेस्ट च्याम्पियनसिपको फाइनल खेल्दैछ। अष्ट्रेलिया शीर्ष र भारत दोस्रो स्थानमा रहँदै फाइनल खेलेका हुन्।
