काठमाडौं। शिवम सिमेन्ट लिमिटेडले सेयरधनीलाई साढे १२ प्रतिशत लाभांश घोषणा गरेको छ। शिवमले १० प्रतिशत नगद लाभांश र साढे दुई प्रतिशत बोनस सेयर दिने भएको हो।
कम्पनीको आइतबारको सञ्चालक समितिको १४३ औं बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ५४ करोड ५६ लाख ८० हजार रुपैयाँ नगद लाभांश(करसहित) र १३ करोड ६४ लाख २० हजार रुपैयाँ बोनस सेयर दिने भएको छ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले यही मंसिर २५ गते साधारणसभा बोलाएको छ। सभाबाट पारित भएपछि लाभांश वितरण हुने कम्पनीले जनाएको छ।
शिवमको चुक्ता पुँजी पाँच अर्ब ६५ करोड रुपैयाँ छ। गत वर्ष कम्पनीले ७९ करोड ४१ लाख रुपैयाँ खुदनाफा गरेको थियो।


