बुटवल: नेपालको लागि जिली ईएक्स फाइभको आयातकर्ता एलआरआर मोटर्सले देशैभरि डिलर बिस्तार गर्ने आफ्नो रणनीतिक योजनाअन्तर्गत बुटवलको लागि सोमार्जुन मोटर्सलाई आधिकारीक डिलर नियुक्त गरेको छ।
बुटवल र आसपासका क्षेत्रहरूका लागि जिली इएक्स फाइभका ईभिहरू स्थानीयस्तरमै उपलब्ध गराउने उद्देश्यसहित आज आयोजित एक विशेष समारोहको क्रममा सोमार्जुन मोटर्सद्धारा नवनिर्मित शो–रूमको औपचारिक उद्घाटन समेत गरिएको छ। एलआरआर मोटर्सले यस वर्षभित्र देशभरी जम्मा १४ वटा डिलर नियुक्त गर्ने हालैको घोषणाको पहिलो खुड्किलोको रुपमा आजको डिलर शोरुमको उद्घाटनलाई लिइएको छ।
साथै आजकै उद्घाटन कार्यक्रमको अवसरमा सोमार्जुन मोटर्सले दुईवटा जिली इएक्स फाइभ म्याक्सको बिक्री हस्तारण गरेको छ। पहिलो दिनमै दुईवटा इएक्स फाइभको बिक्रीले यस क्षेत्रमा जिली ब्राण्डको लोकप्रियता र ग्राहकहरूको रुचिलाई दर्शाएको कम्पनीले जनाएको छ।
उद्घाटन समारोहसँगै नयाँ डिलर–शो–रूमले पूर्ण रूपमा सञ्चालनको थालनी गर्दै बुटवल तथा आसपासका क्षेत्रका ग्राहकहरूको लागि जिलीका विश्वप्रसिद्ध इएक्स फाइभ म्याक्स र प्रो मोडेलहरूको बिक्री, बिक्री–पछिको सेवा तथा स्पेयर पाट्र्सको सहज उपलब्धता गराउनेछ।
सोमार्जुन मोटर्सले बुटवल र आसपासका क्षेत्रहरूको ईभी उपभोक्ताहरूको बदलिँदो आवश्यकताअनुसार सेवा पुर्याउन सक्षम अनुभवी जनशक्ति र जिलीको विश्वस्तरिय मापदण्डअनुसारका आधुनिक बिक्रीपश्चातको सेवासुविधाहरूसमेतको व्यवस्था गरेको छ। बुटवलमा जिली ईएक्स फाइभ उपलब्ध भएसँगै, ग्राहकहरूले सहज सेवा, गुणस्तरीय स्पेयर पाट्र्स तथा उत्कृष्ट बिक्री–पछिको सेवा पनि सोमार्जुन मोटर्समार्फत प्राप्त गर्ने कम्पनीको भनाइ छ।


