काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल बैंकमा ११ खर्ब रुपैयाँ बढी रकम त्यत्तिकै थुप्रिएको भन्दै लगानीको वातावरण तयार गर्न गर्न आग्रह गरेका छन्।
राष्ट्रिय कर दिवसका अवसरमा सोमबार काठमाडांैमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले बैंकमा भएको रकम लगानी गर्न लगानीको वातावरण आवश्यक रहेकोमा जोड दिए।
“एकातिर अहिले बैंकमा लगानीयोग्य रकम भएको अवस्था छ भने कतिपय आयोजनाहरुमा लगानी नभएर बेबारिसे छन्। जसले गर्दा आयोजनाहरको लागत बढेको अवस्था छ। यो अवस्थानमा अर्थतन्त्र चलायमान बनाउन लगानी बढाउन आवश्यक छ। त्यसको लागि लगानीको वातावरण तयार गर्नु पर्दछ” उनले भने।
यस्तै उहाँले नियमनकारी निकायहरुले पनि प्रभावकारी ढंगले काम नगर्दा समस्या सिर्जना भएको उल्लेख गर्दै यस विषयमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालको ध्यानाकर्षण गराए।
“धितोपत्र बोर्डमा पदाधिकारी नहुँदा लामो समयसम्म कामहरु प्रभावित भए भने पछि पदाधिकारी आइसकेपछि पनि प्रभावकारी ढंगले काम हुन सकेन। यसमा सुधार जरुरी छ। यस्तो प्रवृतिले लगानीको वातावरणमा नै असर पर्दछ” अध्यक्ष ढकालले भने।
धितोपत्र बोर्डले लामोसमय जलविद्युत आयोजनाहरुलाई प्राथमिक सेयर (आईपीओ) जारी गर्न नदिएकोप्रति असन्तुष्टी व्यक्त गर्दै अध्यक्ष ढकालले सेबोनमा देखिएको समस्यालाई तत्काल हटाउन अर्थमन्त्रीसँग आग्रह गरेका छन्।
यस्तै उनले कम्पनीको शेयर अभौतिकीकरणमा अन्तरर्राष्ट्रिय धितोपत्र पहिचानमा सिंगल (आइजिन) नम्बर राख्नुपर्ने बताए।
यस्तै उनले असल नियतका साथ जेनजी आन्दोलन भए पनि आन्दोलनमा घुसपैठ भएको भन्दै गल्ती गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए।
“सुशासन, भ्रष्टाचारको, पारदर्शीताको कुरा निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले गत साधारणसभामा पनि पारित गरेको थियो। जेनजीले पनि पवित्र उद्देश्यबाट आन्दोलन पनि तिनै विषयमा केन्द्रित भएर भएको हो। तर आन्दोलनमा गलत तत्वको प्रवेशले तोडफोड, आगजनी र लुटपाट भएको छ” उनले भने “घुसपैठ गर्नेहरुलाई सरकारले कारबाही नगर्ने हो भने व्यवसायीसँगै आम नागरिकको मनोबल खस्किँदै जाने छ । सरकारले निजी क्षेत्रको सम्पत्तिको सुरक्षण गर्न नसक्ने हो भने मुलुकमा थप लगानी हुन नसक्ने र लगानीकर्ता भड्कने स्थिति आउछ।”
अध्यक्ष ढकालले सरकारले सुरक्षा दिन नसक्ने हो भने आउने दिनमा आउने दिनमा यस्ता किसिमका घुसपैठहरु हुने र व्यक्ति, व्यवसायीको मनोबल कमजोर हुँदै जाने बताए।
उनले सरकारले आन्दोलनको क्रममा भएको क्षतिमा व्यवसायीहरुलाई प्रदान गरेको सहुलियत तथा व्यवसाय सहजिकरणका लागि पछिल्ला दिनहरुमा अर्थ मन्त्रालयले गरेका कामहरु सकारात्मक रअध्यक्ष ढकालले अर्थ मन्त्रालयले फेसलेस हिसावले आफ्ना निकायहरुबाट अनलाइनबाट भन्सार मूल्यांकनदेखि करदाता प्रमाणपत्रको सुविधा ल्याएकोमा प्रशंसासमेत गरेका थिए।
यस्तै उनले भूतप्रवाही कानुनहरुले उद्योगी व्यवसायी बैंक तथा वित्तीय संस्थाहरुले समय समयमा समस्था भोगेको भन्दै यस्ता कानूहरु नल्याउन र भएका कानून कार्यान्वयनमा सहजिकरण गर्नुपर्नेमा जोड दिएका छन्।
“लगानी प्रोत्साहन गरिएन भाषणमा मात्रै लगानी ल्याउने भनेर लगानी आउँदैन्। लगानीका लागि सहज कानून र त्यसको सहज कार्यान्यन आवश्यक छ” उनले भने।
नेपालमा पूर्वाधार निर्माणमा पूँजी अभाव नहोस भनेर महासंघको पहलमा १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरि काम भइरहेको जानकारी दिँदै नेपालमा भएका सम्भावनाहरुलाई उजागर गर्नुपर्नेमा जोड दिए। प्रभावकारी रहेको बताए।


