काठमाडौँ: शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। वार्षिकोत्सवको अवसरमा कम्पनीमा दीर्घ समयदेखि समर्पित रूपमा सेवा पुर्याउँदै आएका कर्मचारीहरूलाई विशेष रूपमा सम्मान गरिएको कम्पनीले जानकारी दिएको छ।
कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका ११ जना कर्मचारीलाई सुनको सिक्का, तथा १० वर्ष सेवा अवधि पूरा गरेका ३० जना कर्मचारीलाई चाँदीको सिक्का सहित प्रमाणपत्र प्रदान गरिएको छ। उनीहरूको निरन्तर योगदान, समर्पण र मेहनतप्रति कम्पनीले कृतज्ञता व्यक्त गरेको छ। वार्षिकोत्सवको अवसरलाई लक्षित गर्दै देशभर आयोजित रक्तदान अभियानमार्फत १४३९ युनिट रगत संकलन गरिएको कम्पनीले जनाएको छ।
बीमा सेवासँगै सामाजिक उत्तरदायित्वमा सक्रिय रूपमा संलग्न शिखर इन्स्योरेन्सले आगामी दिनमा प्रविधिमैत्री र ग्राहक–मैत्री सेवा विस्तार, नवप्रवर्तनयुक्त बीमा सुविधा तथा सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।


