२०८३ कार्तिक १५ गते शनिवार

गोल्याण ग्रुपद्वारा ‘किड्स प्ले–डेट’ आयोजना

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ५
golyan

काठमाडौँ: विश्व बाल दिवसको अवसरमा गोल्याण ग्रुपले बिहीबार जेन–जी शहीद परिवारका बालबालिकाका लागि ‘किड्स प्ले–डेट’ कार्यक्रम आयोजना गरेको छ। धुम्बाराहीको ऊप्स नेपाल फनपार्कमा आयोजित कार्यक्रममा शहीद परिवारका बालबालिका र उनीहरुका अभिभावक सहभागी थिए।

गोल्याण ग्रुपले गत असोज २४ मा शहीद परिवारका बालबालिकाका लागि शैक्षिक वृत्ति योजना घोषणा गरेको थियो। योजना अन्तर्गत हालसम्म २७ जना बालबालिकालाई १२ कक्षासम्मको शैक्षिक खर्च व्यहोर्नका लागि अभिभावकसँग समझदारी गरिएको छ। बिहीबारको कार्यक्रममा शैक्षिक वृत्ति योजनामा सामेल काठमाडौंमा रहेका शहीद परिवारका बालबालिका तथा अभिभावक सहभागी थिए।

बालबालिकाहरुले ऊप्सको फनपार्कमा विभिन्न मनोरन्जनात्मक तथा बौद्धिक गेम खेलेर आनन्द लिएका थिए। कार्यक्रममा गोल्याण ग्रुपका प्रवन्ध निर्देशक अक्षय गोल्याणले ‘नयाँ परिवार’ का सदस्यबीच परिचय आदानप्रदान गर्ने उद्देश्यले जमघट आयोजना गरिएको बताए।

‘हाम्रो नयाँ परिवार साझा प्रतिवद्धता र उद्देश्यले एकतावद्ध भएको हो,’ उनले भने, ‘यस्तो परिवार, जहाँ प्रत्येक बालबालिकाको अधिकारको सम्मान, उनीहरुको कदर र संरक्षण गरिन्छ।’ बालबालिकाको हित र विकासमा मात्र देशको समृद्धि संभव हुने भएकाले उनीहरुको स्वतन्त्रता, खुसी र अवसरको अधिकार सुनिश्चित गर्नुपर्ने उनले बताए। गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेशन्स प्रमुख ज्योति गैह्रेले विश्व बाल दिवसको अवसर पारेर बालबालिकाहरुको अधिकारको सम्मान र संरक्षण गर्न कार्यक्रम आयोजना गरिएको बताइन्।

बालबालिकाको खुसीमा उनीहरूको सबैखाले विकासका आयामहरू जोडिएका हुन्छ्न, समाजको समृदिको मार्ग पनि यसबाटै सुरु हुन्छ उनले भनिन्, `आजको किड्स प्लेडेट यसकै लागि गरिएको हो।´ गोल्याण ग्रुपले जेन–जी शहीद परिवारका बालबालिकाको लागि कक्षा १२ सम्म शैक्षिक वृत्ति प्रदान गर्ने घोषणा गरेको थियो। पहिलो चरणमा अभिभावकसँग समझदारीपत्रमा हस्ताक्षर भई दोस्रो चरणमा विद्यालय, अभिभावक र गोल्याण ग्रुपबीच त्रिपक्षीय सम्झौता गर्ने प्रक्रिया सुरु भएको छ।

 

प्रकाशित: २०८२ मङ्सिर ५ गते शुक्रबार ०५:४०
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना