काठमाडौँ: रेडियो अडियोका सञ्चालक सञ्चारकर्मी दीपेन्द्र खनियाँ मृत फेला परेका छन्। आइतबार दिउँसो काठमाडौँको थापागाउँस्थित रेडियो अडियोको कार्यालय रहेको घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
घर रहेकै ठाउँमा कार्यालय रहेकोमा एक वर्षअघि खनियाँले उक्त घर बिक्री गरेका थिए। त्यहाँ उनी भाडामा श्रीमती र छोरीसित बस्दै आएका थिए।
प्रहरीले घटनास्थलको मुचुल्का उठाउनेलगायतका काम सकेको छ। उनको शव पोस्टमार्टमका लागि लाने तयारी गरिएको छ।
सञ्चारकर्मी समेत रहेका उनी छक्का पञ्जा ५ का निर्माता समेत हुन्।


