२०८३ कार्तिक १३ गते बिहिबार

हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छ : प्रधानमन्त्री

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ २५
pm

बुटवल- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाम्रो विकास मोडेलबारे पुनर्विचार गर्नुपर्ने बताएका छन्। बुटबलमा लुम्बिनी केवलकारको आज दिउँसो उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन्।

‘हामीले अहिलेसम्म चल्दै आएको हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छ। हालसम्मका योजनावद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैंगिक समानता, समावेशीता जस्ता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए तापनि उत्पादन र रोजगारीको क्षेत्रमा हाम्रो प्रगति उत्साहजनक छैन,’ उनले भने।

प्रधानमन्त्रीले सरकार इमानदारीपूर्वक विकास र समृद्धिको यात्रामा अग्रसर हुँदा, विकास र समृद्धिको मुद्दामा राजनीतिक दलहरूमा सहमति, सहकार्य र एकता कायम हुँदा र निजी क्षेत्रको साझेदारी र सहयोग रहँदा गुणात्मक सुधार असम्भव छैन भन्ने दृष्टान्तका लागि आफ्नो दोस्रो प्रधानमन्त्रीकाल नै पर्याप्त रहेको धारणा राखे।

उनले अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग–व्यवसायलाई संकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारू गर्ने निर्णय गरिसकिएको उल्लेख गरे।

‘यसले अर्थतन्त्र सुधारका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ। तर पछिल्लो समयमा आर्थिक प्रणालीमा व्यवसायिक चक्रभन्दा सम्पत्तिको मूल्य वृद्धि चक्र हावी हुनु दुःखद् हो,’ उनले भने, ‘कृषि, म्यानुफेक्चरिङ, उद्योग एवं वास्तविक सेवा क्षेत्रको वृद्धिदरलाई उच्च बनाएमा मात्र त्यसको आधारमा वित्तीय क्षेत्र बलियो र स्थिर रहन्छ।’

यस्तो छ प्रधानमन्त्रीको सम्बोधन
गत महिनामात्र नवलपुरको मौलाकाली केवलकारको उद्घाटनपछि आज यो अवसर पाउँदा अर्को खुसी थपिएको महसुस गरेको छु।

देशको अर्थतन्त्र अप्ठेरोमा रहेका बेला निजी क्षेत्रका तर्फबाट चन्द्र ढकालजीको नेतृत्वमा आइएमई ग्रुपको अगुवाइमा यी विशाल पर्यटकीय पूर्वाधारहरू निर्माण भएबाट मुलुकमा आर्थिक क्रियाकलाप थप चलायमान भएको सकारात्मक सन्देश गएको महसुुस मैले गरेको छु। मुलुकको अर्थतन्त्रले हिजोआज अप्ठेरा दिनहरूको सामना गरिरहेका बेला यहाँहरूले निर्माण गरेका यस्ता आयोजनाले यहाँहरू जस्तोसुकै अप्ठेरो परिस्थितिमा पनि सफलतापूर्वक काम गर्न सक्नुहुन्छ भन्ने सन्देश देशव्यापी रूपमा नै राम्रैसँग प्रवाह भएको छ।

रुपन्देही र पाल्पा जिल्लालाई जोड्ने गरी निर्माण भएको यस पर्यटकीय पूर्वाधारले यहाँको आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुग्न सकोस् भनी शुभकामना दिन चाहन्छु।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीजस्तो महत्वपूर्ण स्थानमा केवलकार तथा पाँचतारे होटलसहित अन्य पर्यटकीय संरचनाहरू निर्माण गर्दा यहाँको स्थानीय मात्र नभएर राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो योगदान पुग्ने अपेक्षा मैले गरेको छु। नेपालमा आउने विदेशी पर्यटकका लागि यस्ता पर्यटकीय संरचनाले सहयोग पुग्ने र यसबाट उनीहरुको नेपाल बसाइ पनि लम्ब्याउन सकिने भएकाले लुम्बिनी केवलकार निर्माणमा सहभागी आइएमई ग्रुप तथा यसमा संलग्न सबै लगानीकर्ता तथा स्थानीय नागरिकलाई पनि विशेष धन्यवाद दिन चाहन्छु।

लुम्बिनीकोे पर्यावरणीय महत्वलाई कायमै राखेर यहाँका स्थानीय नागरिकहरूको पनि साझेदारीमा काम गर्न र उनीहरुको जीवनस्तर उकास्ने खालका कार्यक्रमहरूमार्फत् स्थानीय तथा समग्र देशले नै समृद्धि हासिल गर्ने काममा यहाँहरू लाग्नु नै हुनेछ भन्ने मेरो विश्वास छ।

वर्तमान सरकारले देश विकास र समृद्धिका लागि निजी क्षेत्रसँग साथ साथ अघि बढ्ने नीति लिएको त यहाँ उपस्थित लगानीकर्ता एवं मुलुकको निजी क्षेत्रका प्रतिनिधिहरूलाई अवगत नै होला। म आफै पनि देशको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेकाले उनीहरूलाई विश्वासमा लिएर देशमा लगानीका सम्भावनाहरूलाई हर समय खुला राख्ने पक्षमा रहेको कुरा यस्तै मञ्चहरूमा भन्दै आएकै छु।

कोरोना महामारीको मारबाट भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन मलाई लाग्छ एकपटक आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था आएको छ। महामारीको मारमा परेका व्यवसायीहरूलाई राहात दिनेगरी तथा शिथिल बन्न पुगेको मुलुकको अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी निजी क्षेत्रका साथीहरूकै सुझावलाई सरकारले हालै सार्वजनिक गरेको आगामी वर्षको बजेटमा पनि समेटेको छ।
सरकारले यसअघि पनि आर्थिक प्याकेजका कार्यक्रमहरू ल्याएर देशको निजी क्षेत्रलाई कुनै न कुनै रुपमा राहातको घोषणा गरेको थियो। यी दृष्टान्तहरूले वर्तमान सरकार निजी क्षेत्रको साथमा छ र उनीहरूसँगको सहकार्यबाट अघि बढ्न चाहन्छ भन्ने स्पष्ट हुन्छ।

पर्यटन क्षेत्रको बहुआयमिक विकासका निम्ति भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन, होटललगायत पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रबन्ध एवं पर्यटकको बसाइ लम्बाउन आवश्यक पर्ने नीति अवलम्बन गरिनेछ। मुलुकभित्रै रोजगारीको अवस्था सिर्जना गर्न आन्तरिक उत्पादन र नवप्रवर्तनको क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्दछ भन्ने मेरो धारणा हो।

अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग–व्यवसायलाई संकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारू गर्ने निर्णय गरिसकिएको छ। यसले अर्थतन्त्र सुधारका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ। तर पछिल्लो समयमा आर्थिक प्रणालीमा व्यवसायिक चक्रभन्दा सम्पत्तिको मूल्य वृद्धि चक्र हावी हुनु दुःखद हो। कृषि, म्यानुफेक्चरिङ, उद्योग एवं वास्तविक सेवा क्षेत्रको वृद्धिदरलाई उच्च बनाएमा मात्र त्यसको आधारमा वित्तीय क्षेत्र बलियो र स्थीर रहन्छ। उच्च मुद्रास्फीति र अस्थीर व्याजदरले राज्य एवं सामान्य नागरिकको बजेट प्रणाली, ज्याला, उद्योगको विकास र आम जनसमुदायको जीवनस्तरमा नकारात्मक प्रभाव पार्ने भएकाले यसमा सरकारले उपर्युक्त कदम चाल्ने विश्वास दिलाउन चाहन्छु।

हामीले अहिलेसम्म चल्दै आएको हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छ। हालसम्मका योजनावद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैंगिक समानता, समावेशीता जस्ता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए तापनि उत्पादन र रोजगारीको क्षेत्रमा हाम्रो प्रगति उत्साहजनक छैन। सरकार इमानदारीपूर्वक विकास र समृद्धिको यात्रामा अग्रसर हुँदा, विकास र समृद्धिको मुद्दामा राजनीतिक दलहरूमा सहमति, सहकार्य र एकता कायम हुँदा र निजी क्षेत्रको साझेदारी र सहयोग रहँदा गुणात्मक सुधार असम्भव छैन भन्ने दृष्टान्तका लागि मेरो दोस्रो प्रधानमन्त्रीकाल नै पर्याप्त छ।

झण्डै ऋणात्मक दिशामा रहेको अर्थतन्त्रमा गुणात्मक सुधार ल्याई ७.५ प्रतिशतको आर्थिक वृद्धि, उज्यालो नेपालको स्थापना, राष्ट्रिय गौरवका आयोजना लगायत पूर्वाधार क्षेत्रमा गुणात्मक विकास, असहमतिको राजनीतिबाट सहमति, सहकार्य र एकताको आधार निर्माणजस्ता जे–जस्ता उपलब्धि त्यस कार्यकालमा हासिल भए, त्यसले प्रष्ट गर्छ– साझा संकल्पका साथ सबैको सकारात्मक र रचनात्मक सहकार्य र सहयोग हुँदा फेरि पनि विकास र समृद्धिमा गुणात्मक सुधार ल्याउन सकिन्छ। यसपटक म प्रधानमन्त्री बन्दै गर्दा देशको अर्थतन्त्र झण्डै झण्डै दुर्घटनाकै अवस्थामा थियो भन्दा हुन्छ। तर करिव ६ महिनामा दुर्घटनाग्रस्त अर्थतन्त्रले लय समात्नु र समष्टिगत आर्थिक परिसूचकहरूमा राम्रो सुधार आउनुमा सरकारको यही संकल्प र इमानदार प्रयास जिम्मेवार छ।

वर्तमान सरकारले स्वदेशी तथा वैदेशिक लगानीका लागि सदैव आह्वान गर्ने गरेको छ। हालसालै भारतको औपचारिक भ्रमणका क्रममा पनि हामीले नेपालमा लगानीका लागि भारतीय उद्योगी व्यवसायीहरूलाई आह्वान गरेका थियौँ। नेपालमा लगानीका सम्भावना नै सम्भावना रहेकाले यहाँ आई लगानी गरेर प्रतिफल लिन नेपालका उद्योगी व्यवसायीलाई मैले आग्रह गरेको थिएँ।

सो भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीजीले नै नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा भएबाट अब नेपालमा हाइड्रोपावरका क्षेत्रमा लगानीको बाटो खुलेको महसुस हामीले गरेका छौँ। यो अवसरबाट लाभ लिन म नेपाली र विदेशी सबै लगानीकर्ताहरूलाई यसै अवसरमा आह्वान पनि गर्दछु।

वर्तमान सरकार र व्यक्तिगत रूपमा म निजी क्षेत्रसँगको सहकार्य बिना देशमा समृद्धि सम्भव छैन भन्नेमा प्रष्ट छु। त्यसैले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याइरहेको निजी क्षेत्रलाई लगानी एवं व्यवसायका क्षेत्रमा पर्ने जस्तासुकै समस्याहरूको हल गर्न यो सरकार सदैव तत्पर छ।

प्रकाशित: २०८० जेठ २५ गते बिहिबार ०२:१५
प्रतिक्रिया

थप समाचार

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना