२०८३ कार्तिक १३ गते बिहिबार

‘अखण्ड भारत’बारे नेपालले बुझिसक्यो : भारतीय विदेशमन्त्री

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ २५
s jayshankar

काठमाडौँ- भारतीय विदेशमन्त्री एस जयशंकरले अखण्ड भारतका विषयमा नेपालले बुझिसकेको बताएका छन्। विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विदेशमन्त्री जयशंकरले यस्तो बताएका हुन्।

‘भारतको नयाँ संसद भवनमा देखाइएको ‘अखण्ड भारत’को नक्साका वियषमा प्रवक्ताले प्रष्ट पारिसक्नु भएको पनि छ। त्यो नक्साको तल्लो भागमा अशोक सम्राज्य भनी उल्लेख गरिएको छ। यो एक ऐतिहासिक विषय हो। विषय राजनीतिक विषय बन्नयोग्य छ भन्ने नै मलाई लाग्दैन,’ पत्रकारहरूले सोधेको प्रश्नमा विदेशमन्त्री एस जयशंकरले भने।

ऐतिहासिक विषयवस्तुलाई मित्रराष्ट्रहरूले यसलाई बुझिसकेको उनको जिकिर छ। ‘हाम्रा मित्रराष्ट्रले यसलाई बुझ्नेछन्। मलाई जे बताएएको छ त्यो अनुसार त उहाँहरूले बुझी सक्नुभएको छ। पाकिस्तानको त छोडिदिनुस्। त्यो देशले बुझ्छ भन्ने आशा नै छैन,’ उनले भने।

‘अखण्ड भारत’का विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र पराराष्ट्रमन्त्री एनपी साउदको भनाइ भने आपसमा बाझिएको छ। जेठ १७ देखि २० गतेसम्म भारतको भ्रमणमा गएका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबीच नै कुरा बाझिएको हो।

भारतीय समकक्षी नरेन्द्र मोदीसँग भारतीय संसदको नयाँ भवनमा बनाइएको अखण्ड भारतको नक्साका विषयमा गम्भीर छलफल भएको प्रधानमन्त्रीको दाबी छ। राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले भारतीय पक्षसँग आफूले नक्साबारे कुरा गर्दा ‘यो सांस्कृतिक नक्सा हो, राजनीतिक नक्सा होइन’ भनेर आफूलाई भनिएको उनको भनाइ छ।

यसअघि परराष्ट्रमन्त्री एनपी साउदले अखण्ड भारतका विषयमा भारतीय पक्षसँग कुनै पनि कुराकानी नभएको बताएका थिए। नेपाली भूभाग समेटेर भारतले संसद भवनमा राखेको नक्साको बारेमा नेपाललाई जानकारी नै नभएको बताएका थिए।

‘जानकारीमा नै नभएको विषयमा विरोध गरिरहन नेपाललाई जरुरी छैन,’ प्रधानमन्त्रीकै भारत भ्रमणका सदस्य साउदले भारतीय सञ्चार संस्था आजतकसँग कुराकानी गर्दै भनेका थिए, ‘फेरि यो सीमाको विषय होइन। ८२५ वर्षपहिलेका गणराज्यको नाम अंकित गरेर फेसबुकमा आएको हो। यो विषयमा हाम्रो कुनै कुराकानी भएन। जुन विषयमा कुराकानी नै भएन त त्यस विषयमा मैले के भनूँ?’ यो विषयमा नेपालको कुनै धारणा पनि नरहेको उनको भनाइ थियो।

जेठ १४ गते उद्घाटन भएको भारतको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सा भित्तामा अंकित नक्साका विषयमा नेपालमा विरोध भइरहेको छ।

भारतको संसद भवनमा राखिएको नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी र पाकिस्तानको तक्षशीलासम्मका क्षेत्रलाई समावेश गरिएको छ। अखण्ड भारतमा भारतवर्षका पुराना राज्य र सहरलाई समावेश गरिएको बताइँदै आएको छ।

भारतीय सत्तारुढ दल भाजपाको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)ले ‘अखण्ड भारत’मा हालको अफगानिस्तानदेखि थाइल्यान्डसम्मका भूभागलाई समेटिने बताउँदै आएको छ।

यता काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ। भारतले भर्खरै आफ्नो संसद भवनमा राखेको ‘अखण्ड भारत’ को नक्साको चर्चा चुलिरहेको समयमा मेयर बालेन्द्रको कार्यकक्षमा भने ग्रेटर नेपालको नक्सा राखिएको हो।

मेयर बालेन्द्र शाहले साहसिक निर्णय लिँदै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएकौ चर्चा अहिले समाजिक सञ्जालमा भइरहेको छ। महानगरले भने केही दिनअघि मात्र यो नक्सा कार्यकक्षमा राखेको हो।

मेयर साह भने अहिले काठमाडौं बाहिर छन्। उनी पत्नीको उपचारका लागि भारतको बैंग्लोर गएका छन्। उनले भारत जानुअघि यो नक्सा राख्न निर्देशन दिएको मेयरको सचिवालयले जानकारी दिएको छ।

यता भारतको संसद भवनभित्र नयाँ नक्सा राखिएको विषयमा बंगलादेश र पाकिस्तानले पनि प्रश्न उठाएका छन्।

पहिले नेपालको क्षेत्रफल एक लाख ४१ हजार १८१ वर्ग किमी छ। यो सुगौली सन्धिसँगै नेपालएले गुमाएर बचेको जमिनको क्षेत्रफल हो। त्यसअघि नेपाल पूर्वमा टिस्टादेखि पश्चिमका काँगडासम्म फैलिएको थियो।

सन् १८१६ को मार्च ४ मा नेपाल र इस्ट इन्डिया कम्पनीबीच भएको सुगौली सन्धीमा नेपालको भूभाग मेची–महाकाली तोकिएको छ।

प्रकाशित: २०८० जेठ २५ गते बिहिबार ०६:१०
प्रतिक्रिया

थप समाचार

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना