२०८३ साउन १२ गते मङ्गलबार

कोकाकोला उत्पादक बोटलर्स नेपालले शेयरधनीलाई किन दिएन लाभांश?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १२
cocacola

काठमाडौँ: शेयरधनीहरुलाई आकर्षक लाभांश वितरण गर्दै आएका दुई बहुर्राष्ट्रिय कम्पनी बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडले शेयरधनीलाई लाभांश नदिने भएका छन्।

आर्थिक वर्ष २०८०–८१ मा बोटलर्स नेपाल तराईले शेयरधनीहरुलाई ५० प्रतिशत नगद लाभांश दिएको थियो। यस्तै आर्थिक वर्ष २०७९–८० मा ६० प्रतिशत नगद लाभांश दिएको थियो।

शेयरधनीलाई निरन्तर राम्रो प्रतिफल दिएको कम्पनीले यस वर्ष भने दिएन। यस्तै बोटलर्स नेपालले भने तीन वर्षदेखि शेयरधनीलाई लाभांश दिएको छैन।

गत आर्थिक वर्षमा बोटलर्स नेपाल र बोटलर्स नेपाल तराई लिमिटेड एक अर्ब ७५ करोड रुपैयाँ नोक्सानमा गएका कारण लाभांश नदिएका हुन्।करदायित्व थपिएपछि दुबै कम्पनी नोक्सानमा गएका हुन्।

बोटलर्स नेपालको ४० करोड र बोटलर्स नेपाल तराई ६० करोड ७५ लाख रुपैयाँ नोक्सानमा रहेको दुबै कम्पनीहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षमा दुबै कम्पनीले ७२ करोड २६ लाख रुपैयाँ खुदनाफा गरेका थिए।

चालू आर्थिक वर्षको पहिलो त्रैमाशमा दुबै कम्पनीले नाफा गरेका छन्।

गत वर्ष नोक्सानमा गएपछि दुबै कम्पनीको प्रतिशेयर आम्दानी र शेयरमा प्रतिफल (रिर्टन अन इक्विटी) ऋणात्मक देखिएको छ।

सरकारलाई पुरानो कर दायित्व भुक्तानीका साथै बजारमा माग कम हुनु र उत्पादन लागत बढ्दा यसको असर नाफामा परेको बोटलर्सले गत वर्षको वित्तीय विवरणमा उल्लेख छ।

ठूला करदाता कार्यालयलाई ७८ करोड रुपैयाँ थप कर भुक्तानी गरेपछि यसको नकरात्मक असर कम्पनीको वित्तीय अवस्थामा परेको हो। आर्थिक वर्ष ०७१/०७२ को विवादित करको नयाँ मूल्यांकन भएपछि ७८ करोड रुपैयाँ भुक्तानी गरेको जनाएको छ।

गत आर्थिक वर्षमा बोटलर्स नेपाल र बोटलर्स तराईले कोकोला, फेन्टा, मिरिन्डालगायत पेय पदार्थ बेचेर कूल १८ अर्ब ५३ करोड रुपैयाँ व्यापार गरेको छ। जसअनुसार बोटलर्स नेपालले १० अर्ब ९२ करोड र बोटलर्स तराईले सात अर्ब ६१ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको वित्तीय विवरणमा उल्लेख छ।

बोटलर्स नेपालको नाफा ऋणात्मक भए पनि कम्पनीको सञ्चित कोषमा नौ अर्ब रुपैयाँ बढी छ। जसअनुसार बोटलर्स नेपालको पाँच अर्ब ६७ करोड रुपैयाँ छ भने बोटलर्स तराईको तीन अर्ब ४१ करोड ३१ लाख रुपैयाँ छ।

बोटलर्स तराईलाई ठूला करदाता कार्यालयले थप दुई अर्ब ८० करोड रुपैयाँ लाभकर लगाएको थियो। ठूला करदाता कार्यालयले २०७१ (सन् २०१४) मा कोकाकोलामा बहुमत स्वामित्व किनबेच सम्बन्धी लाभकर बोटलर्स नेपाल तराईलाई पनि लगाएको थियो।

यसअघि कम्पनीको स्वामित्व किनबेच प्रकरणमा माउ कम्पनी बोटलर्स नेपाल लिमिटेडलाई कर कार्यालयले १२ अर्ब ८० करोड रुपैयाँ लाभकर लगाएको थियो।

बोटलर्स तराईलाई थप लाभकर लगाएपछि कर दायित्व बढेर १५ अर्ब ६० करोड रुपैयाँ पुगेको रेटिङका लागि सार्वजनिक गरेको विवरणमा कम्पनीले उल्लेख गरेको छ।

बोटलर्स नेपालमा अधिकांश शेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोला साब्को एसियाको शतप्रतिशत शेयर २०७१ कात्तिक ७ मा आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा लाभकर छलेको दाबी कार्यालयको छ।

बोटलर्ससँग सम्बन्धित कोकाकोला कम्पनीको स्वामित्व विदेशमै खरिद–बिक्री (अफसोर ट्रेडिङ) गरेर नेपालमा कर छली गरिएको भेटिएको दाबी कार्यालयको छ। विदेशी स्वामित्वको शेयर विदेशमै किनबेच गर्दा नेपालको आयकर ऐन, २०५८ अनुसार २५ प्रतिशत पुँजीगत लाभकर लाग्छ।

कोकाकोला साब्को र युरोपियन रिफ्रेसमेन्टबीच शेयर कारोबार हुँदाको समय वोटलर्स नेपालको शेयरको बजार मूल्य कित्ताको तीन हजार ८८३ हुने र कोकाकोला साब्कोको प्रतिकित्ता शेयर खरिद मूल्य ५३६ घटाउँदा हुन आउने तीन हजार ३४७ रुपैयाँ पुँजीगत लाभकर हुने दाबी कर कार्यालयको थियो।

बोटलर्स कारोबार भएको मूल्यमा लाभकर लगाउनु पर्ने जिकिर गर्दै आएको थियो।

बोटलर्सले कर विवादको न्यायिक निरुपरणका लागि सर्वोच्च अदालतमा गएको जनाएको छ। बोटलर्स नेपालले आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयलाई विपक्ष बनाएर मुद्दा दर्ता गरेको छ।

राजस्व अनुसन्धान विभागले २०७८ फागुन २७ गते उच्च अदालत पाटनमा दायर गरेको मुद्दामा बोटलर्स नेपालको शेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार रुपैयाँ कर छली भएको दाबी गर्दै सोही रकमलाई बिगो कायम गरी मुद्दा दायर गरेको थियो।

बिगो रकमको शतप्रतिशत जरिवाना गर्दा ७ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ असुल गर्न माग गरिएको थियो। राजस्व अनुसन्धान विभागले लामो समय लगाएर गरेको अनुसन्धानबाट २०७१ मा बोटलर्सको शेयर खरिदबिक्री गर्दा भएको लाभमा कर नबुझाएको पत्ता लगाएको थियो।

कर छलीको आशंकामा २०७७ मा मंसिर २३ विभागले बोटलर्स नेपालमा छापा मारेको थियो। बोटलर्स नेपालमा ९८ प्रतिशत शेयर स्वामित्व विदेशी लगानीकर्ताको छ। त्यसमध्ये ७६ प्रतिशत कोकाकोला साउथ वेस्ट होल्डिङस लिमिडको र बाँकी २२ प्रतिशत स्वामित्व गोरखा ब्रुअरी प्रालिको छ।

दुई प्रतिशत लगानी सर्वसाधारणको शेयर लगानी छ। गोरखा ब्रुअरीमा रहेको खेतान समूह सबै स्वामित्व डेनमार्कको काल्सवर्ग गु्रपलाई बेचेर कम्पनीबाट बाहिरिसकेको छ। सन् १९७९ मा स्थापना भएको बोटलर्स नेपाल र यसको सहायक कम्पनी बोटलर्स नेपाल तराई नेपालमा कोका कोला कम्पनीको आधिकारिक संस्था हो ।

बोटलर्स तराईमा माउ कम्पनी बोटलर्स नेपालको ९१ प्रतिशत र बाँकी ९ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ। बोटलर्सले कोकाकोला, स्प्राइट, फेन्टा र किन्ले ब्राण्डको पानी उत्पादन तथा बिक्री वितरण गर्दै आएका छ। दुबै कम्पनी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत छन्।

 

प्रकाशित: २०८२ मङ्सिर १२ गते शुक्रबार ०८:०८
प्रतिक्रिया

थप समाचार

तोलामा ४३ सयले सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँः आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार...

रश्मी मृत्यु प्रकरणः निष्पक्ष छानबिन गर्न कर्मचारी संघको माग

काठमाडौँः नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले सानिमा क्यापिटलका कम्प्लायन्स अफिसर रश्मी रिजालको मृत्यु प्रकरणको निष्पक्ष, स्वतन्त्र र वैज्ञानिक छानबिन गर्न सरकारसँग माग गरेको छ। संघले...

ई–कमर्समा नयाँ अभ्यासः उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

काठमाडौँ: नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ आगामी साउन १३ गते हुने भएको छ। नेपाली उपभोक्ताले कारखानाबाट आफ्नो घरसम्म पुग्ने क्रममा हुने अनावश्यक...

नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने

काठमाडौँ: नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वास्थ्य सेवामा सहुलियत दिने उद्देश्यले काठमाडौंको पुतलीसडकस्थित ओरल एन्ड डेन्टल क्लिनिक प्रालिसँग विशेष साझेदारी गरेको छ। सम्झौताअनुसार...

सानिमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा २.८३ अर्ब

काठमाडौँः सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।
krishna_rimal
विचार

‘सिङ्गो देश डिप्रेसनमा छ’

डिप्रेसनले राज गरेको मुलुकमा समाज सधैँ एउटा नायकको खोजीमा हुँदो रहेछ, तर कसैलाई लामो समय विश्वास गर्न नसकेर नायक बदलिरहँदो रहेछ। को

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना