२०८३ कार्तिक १५ गते शनिवार

एनसेल एपको डाउनलोड १ करोड नाघ्यो, १० दिने उत्सव सुरु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १६
ncell

काठमाडौं। एनसेलका ग्राहकहरु माझ लोकप्रिय रहेको एनसेलको सेल्फ–सर्भिस मोबाइल एप ‘एनसेल एप’ले १ करोड डाउनलोडको उपलब्धि हासिल गरेको छ। योसँगै एनसेल एप नेपालमा सबैभन्दा बढि प्रयोगहुने डिजिटल प्लेटफर्ममध्ये एक रहेको स्थापित भएको छ।

ग्राहकको डिजिटल यात्रालाई अझ सहज र आधुनिक बनाउनका लागि तयार पारिएको यो एप प्रयोगकर्ताहरूका लागि भरपर्दो डिजिटल टुलको रूपमा झन् लोकप्रिय बन्दै गइरहेको छ।

एनसेल एपमार्फत ग्राहकहरूले कुनै कोड डायल नगरी, एनसेल सेन्टर वा आधिकारिक बिक्रेताकोमा नगई सजिलै विभिन्न सेवाहरू लिन सक्छन्।

साधारण ब्यालेन्स रिचार्जदेखि प्याक खरिद, उजुरी दर्ता, ब्यालेन्स ट्रान्सफर, अनलाइन तथा अफलाइन गेम, सेवा सक्रिय र निष्क्रिय गर्ने सुविधा लगायतका धेरै सेवाहरू उपलब्ध भएकाले यो एप सहज र निर्वाध डिजिटल सेवा अनुभव चाहने ग्राहकहरूको पहिलो रोजाइ बनेको छ।

एनसेलले १ करोड डाउनलोड नाघेको अवसरमा १० दिने उत्सव कार्यक्रमको घोषणा पनि गरेको छ। यस अन्तर्गत हरेक दिन १० जना भाग्यशाली ग्राहकले १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी अल टाइम डेटा पाउन सक्नेछन्। पहिलो पटक एप डाउनलोड गरी लग–इन गर्ने ग्राहकहरू वा एपमार्फत कुनै न कुनै प्याक खरिद गर्ने ग्राहकहरू १० जीबी डेटा जित्न योग्य हुनेछन्।

“एनसेल एपमार्फत १ करोडभन्दा बढी ग्राहकहरू हामीसँग जोडिनु भएकोमा हामी अत्यन्त खुसी छौं । यसले हाम्रो एप ग्राहकहरूको डिजिटल दैनिकीको एक महत्वपूर्ण हिस्सा बनिसकेको स्पष्ट देखाउँछ। ग्राहक सेवा अनुभवलाई अझ उत्कृष्ट बनाउँदै, एपले ग्राहकहरुको डिजिटल यात्रालाई सरल बनाउन सहयोग पुर्याएको छ। साथै सरकारको ‘डिजिटल नेपाल’ भिजनलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान गर्दै कागजरहित र प्रभावकारी सेवा प्रवाहलाई प्रवद्र्धन गर्दै आएको छ। यो उपलब्धि केवल एउटा संख्या होइन, यसले हामीले ग्राहकहरूप्रति समर्पित हुँदै गरेको कार्य र उनीहरूलाई डिजिटल रूपमा जोड्ने हाम्रो प्रतिबद्धतालाई झल्काउँछ। हामीप्रति ग्राहकहरूले देखाउनुभएको विश्वासका लागि हामी हृदयदेखि आभारी छौं,” एनसेलका चीफ डिजिटल च्यानल्स एन्ड एक्सपिरियन्स अफिसर स्टिवन रोड्रिगेजले भने।

एनसेल एप सहज प्रयोग, क्विक नेभिगेसन र ग्राहक अनुभव उत्कृष्ट बनाउने किसिमले डिजाइन गरिएको छ। यसले ग्राहकहरूलाई आफ्नो सेवाको प्रयोग, सब्सक्रिप्सन, सक्रिय प्याकहरू सहज रूपमा हेर्न र मनपर्ने प्याकहरूको सूची बनाइ राख्न सहयोग गर्दछ, जसले आवश्यक सेवामा छिटो पहुँच सुनिश्चित गर्दछ।

यो एनसेल एप विदेशमा रहेका नेपाली कामदार तथा यात्रुहरूका लागि पनि महत्वपूर्ण डिजिटल सोलुसन साबित भएको छ। जसले लामो होस् वा छोटो बसाईका बेलामा ग्राहकहरूलाई रोमिङ्मा पनि सजिलै रिचार्ज गर्न, प्याक किन्न, र आफ्नो एनसेल सिम सहज रूपमा प्रयोग गर्न सहयोग पुर्याएको छ। ग्राहकहरूले गुगल प्ले स्टोर वा एप्पल एप स्टोरमार्फत एनसेल एप डाउनलोड वा अपडेट गर्न सक्छन्।

प्रकाशित: २०८२ मङ्सिर १६ गते मङ्गलबार ०७:२३
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना