काठमाडौँ: नागरिक उड्डयन प्राधिकरण(क्यान)का महानिर्देशक प्रदीप अधिकारी लगायत ६ जनाविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ।
७ जनालाई प्रतिवादी बनाइएकोमा अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीमात्रै पक्राउ परेका छन्। अन्य ५ जना फरार छन्। अधिकारी र भण्डारीलाई भने थुनामै राखेर मुद्दा थुनछेक गर्ने अख्तियारको तयारी छ।
अख्तियारले बुधबार दिउँसो प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशनक मुरारी भण्डारीलाई नियन्त्रणमा लिइ विशेष अदालतमा उपस्थित गराएको थियो।


