२०८३ साउन १२ गते मङ्गलबार

अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटाएर ५.२५ कायम

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २०
FILE PHOTO: FILE PHOTO: Reserve Bank of India logo is pictured outside its head office in Mumbai
FILE PHOTO: The Reserve Bank of India (RBI) logo is pictured outside its head office in Mumbai November 2, 2010. REUTERS/Danish Siddiqui/File Photo

मुम्बई,एएफपी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा थोपिएको कडा कर र विश्वव्यापी व्यापार सन्त्रासबीच भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डिया (आरबिआई) ले शुक्रबार आफ्नो रिपो दर २५ आधार अंक घटाएर ५.२५ प्रतिशत कायम गरेको छ।

ऋणात्मक मूल्य–दबाव (कम मुद्रास्फीति) र निर्यातमा कमीले प्रमुख अर्थतन्त्रलाई राहत दिन सक्ने आशामा मौद्रिक नीति समितिले सर्वसम्मतिले यो निर्णय गरेको हो।

केही विश्लेषकले यस वर्ष आरबिआईले पहिले नै तीन किस्तामा सयभन्दा बढी आधार अंक कटौती गरिसकेकोले थप कटौती सहज नहुने अनुमान गरेका थिए। तर, अधिकांशले भारतको अर्थतन्त्रमाथि ट्रम्प–अमेरिकाद्वारा लगाइएको उच्च भन्सार शुल्क र निर्यात खारेजीले पार्ने नकारात्मक असरलाई मध्यनजर गरी दर घटाउन उचित बताएका छन्।

आरबिआईका गभर्नर सञ्जय मल्होत्राले बैंकले खुला बजारमा ११ करोड १० लाख डलरभन्दा बढी सरकारी प्रतिभूतिहरू खरिद गर्ने निर्णय गरेको छ र विदेशी मुद्रा तरलता सुनिश्चित गर्न तीन वर्षे डलर–रुपैयाँ स्वापमार्फत पाँच अर्ब डलर किनबेच गर्ने योजना बनाएको बताए। साथै उनले मौद्रिक नीतिमा ‘तटस्थ स्थिति’ अपनाउँदै थप दर कटौतीको सम्भावना खुला राखेका छन्।

भारतले अहिले निर्यात गिरावट, अव्यवस्थित रूपैयाँ र आर्थिक वृद्धिमा सुस्ती जस्ता चुनौतीहरूको सामना गर्दैछ। यसबीच, प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले उपभोग कर कटौती र श्रम कानून सुधारमार्फत आर्थिक गतिविधि प्रवर्द्धन गर्ने पहल गरिसकेको छ।

अन्य देशसँगको व्यापार अस्थिरताबीच आरबिआईको नयाँ दर कटौतीले उद्योग, निर्यातकर्ता र उपभोक्ताका लागि केही राहत ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८२ मङ्सिर २० गते शनिवार १२:२९
प्रतिक्रिया

थप समाचार

घर बनाउँदै हुनुहुन्छ? नबिल बैंकले ल्यायो लचिलो आवास कर्जा योजना

काठमाडौँ: घर निर्माण वा घर खरिद गर्ने योजना बनाइरहेका ग्राहकलाई लक्षित गर्दै नबिल बैंकले ‘नबिल हाउजिङ लोन’ योजना प्रवर्द्धन गरेको छ। बैंकले आफ्ना ग्राहकलाई आवश्यकताअनुसार लचिलो वित्तीय सुविधा...

चालू वर्षमा पनि बैंकहरूले ‘क्यापिटल बफर’का लागि थप पुँजी राख्नु नपर्ने!

बैंकहरुले काउन्टर साइक्लिकल बफर (सीसीबी) का लागि थप पुँजी छुट्याउन नपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बैंकहरूको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएपछि यससम्बन्धी अन्तिम निर्णय गर्ने...

नेपाल एसबीआई बैंकलाई एकैपटक चार अन्तर्राष्ट्रिय बैंकिङ अवार्ड

काठमाडौँः नेपाल एसबिआई बैंक लिमिटेडले भारतको इण्डियन च्याम्बर अफ कमर्सले प्रदान गर्ने चार अन्तर्राष्ट्रिय बैंकिङ अवार्ड जितेको छ। बैंकले ‘चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६’ अन्तर्गत...

चार विकास बैंक र एक फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले गर्‍यो कारबाही, कारण के हो?

काठमाडौँः नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२र८३ को तेस्रो र चौथो त्रैमासमा चार विकास बैंक र एक फाइनान्स कम्पनीलाई विभिन्न नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै कारबाही गरेको छ। वित्तीय...

सिटिजन बैंक र ठूला करदाता कार्यालयबीचको विवाद सल्टियो, १ प्रतिशत थपेर कर तिर्न बैंक तयार

बैंकले १ प्रतिशत थपेर कर तिर्ने सहमित जनाउँदै मुद्दा फिर्ता लिनेगरी सर्वोच्च अदालतमा निवेदन दिएको थियो। मुद्दा फिर्ता लिन सर्वोच्चले अनुमति दिएको हो।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।
krishna_rimal
विचार

‘सिङ्गो देश डिप्रेसनमा छ’

डिप्रेसनले राज गरेको मुलुकमा समाज सधैँ एउटा नायकको खोजीमा हुँदो रहेछ, तर कसैलाई लामो समय विश्वास गर्न नसकेर नायक बदलिरहँदो रहेछ। को

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना