२०८३ कार्तिक १६ गते आईतबार

पोखरा विमानस्थलमा कसरी भयो भ्रष्टाचार? बुझ्नुहोस् १५ बुँदामा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २१
Pokhara International Airport_DSC00609

काठमाडौँ: राष्ट्रिय गौरवको आयोजना मानिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं रुपैयाँको भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन मन्त्री, सचिव, सहसचिव, उपसचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकहरू हाइप्रोफाइलहरूसमेत गरी ५५ जना र एक कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले उनीहरूविरुद्ध ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ ५० पैसा बिगो मागदाबी गरेको छ।

के हो प्रकरण? कसरी भयो भ्रष्टाचार?
पोखरा विमानस्थल चीनको ऋण सहयोगमा बनाइएको राष्ट्रिय गौरवको आयोजना हो। २०६५ सालदेखि अध्ययन सुरु भएर २०७९ सालमा यसको निर्माण सम्पन्न भएको थियो। यसको निर्माणका लागि ८ चैत २०७२ मा नेपाल सरकार र चीन सरकारबीच ऋण सम्झौता भएको थियो। सम्झौताअनुसार चिनियाँ एक्जिम बैंकबाट १ अर्ब ३७ करोड चिनियाँ युआन (तत्कालीन विनिमय दर अनुसार करिब २२ अर्ब ६१ करोड रुपैयाँ) ऋण लिइएको थियो। यसमध्ये ३५ करोड ५९ लाख युआन निर्ब्याजी ऋण थियो भने बाँकी रकममा नेपालले वि.सं. २०९२ सालभित्र किस्ता र ब्याज चुक्ता गर्नुपर्ने शर्त छ।

तर, निर्माण प्रक्रिया सुरु हुनुभन्दा अगाडिदेखि नै लागत बढाउने, अयोग्य कम्पनी छान्ने र राज्यलाई हानी पुर्‍याउने खेल सुरु भएको अख्तियारको ठहर छ।

आयोगको आरोपपत्र र यसअघि राजेन्द्र लिङ्देन नेतृत्वको संसदीय उपसमितिले गरेको छानबिनका आधारमा हेर्दा, यो भ्रष्टाचार योजनाबद्ध रूपमा गरिएको देखिन्छ। पोखरा विमानस्थल बनाउन सुरुमा १४५ मिलियन अमेरिकी डलर लाग्ने अनुमान गरिएको थियो। तर, निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना सीएएमसीइन्जिनियरिङ कम्पनी लिमिटेडले बदनियतपूर्ण रूपमा लागत बढाएर २८६.५ मिलियन डलर प्रस्ताव गरेको थियो।

अझ गम्भीर कुरा त के छ भने, बोलपत्र आह्वान गर्दा १२० मिलियन डलरको विमानस्थल बनाएको अनुभव हुनुपर्ने शर्त राखिएको थियो।

सीएएमसीसँग यो योग्यता थिएन। मूल्यांकन समितिले नै यो कम्पनी ‘सारभूत रूपमा प्रभावग्राही नरहेको’ भनी प्रतिवेदन दिएको थियो। कानुनतः प्रक्रिया रद्द गर्नुपर्नेमा मन्त्री, सचिव र प्राधिकरणका पदाधिकारीको मिलेमतोमा गैरकानुनी वार्ता गरी लागत २१५.९६५ मिलियन डलर (करिब २२ अर्ब रुपैयाँ) कायम गरी ठेक्का दिइयो।

कसरी भयो भ्रष्टाचार? यस्तो छ अख्तियारको ठहर

१. ठेकेदार कम्पनी सीएएमसीले बद्‌नियत राखी स्वीकृत लागत १४५ मिलियन डलरलाई अस्वाभाविक रूपमा बढाएर २८६.५ मिलियन डलर पुर्‍यायो। उपसमितिले १६६.४१ मिलियन डलर मात्र लागत लाग्ने प्रतिवेदन दिँदादिँदै ठेकेदारद्वारा बद्‌नियतपूर्ण रूपमा २८७ मिलियन डलरको प्रस्ताव पेस गर्‍यो। स्वीकृत लागत १४५ मिलियन डलर भएलगत्तै २८७ मिलियन डलरको प्रस्ताव पेस गरी ठेकेदारले सुरुदेखि नै अस्वाभाविक मूल्य बढाउन खोजेको पाइयो।

२. प्राविधिक योग्यता नपुगेकाले रद्द गर्नुपर्ने बोलपत्रलाई सञ्चालक समितिले बद्‌नियतपूर्वक सदर गरी आर्थिक प्रस्ताव खोल्ने निर्णय गर्‍यो। बोलपत्रका सर्तमा कुनै प्रश्न नउठे पनि पछि वार्तामार्फत मूल्य बढाउनकै लागि गैरकानुनी रूपमा आर्थिक प्रस्ताव खोलियो। अनि प्राविधिक रूपमा अयोग्य भनी प्रतिवेदन दिएकै समितिले कानुन विपरीत आर्थिक प्रस्ताव मूल्यांकन गरी मन्त्रालय पठाउने निर्णय गरेको देखियो।

३. बोलपत्र रद्द गर्नुपर्नेमा आर्थिक प्रस्ताव खोली सीएएमसीलाई कम कबोल गर्ने देखाई वार्तामार्फत लागत बढाउने बाटो खोलियो। जबकि प्राविधिक योग्यता नपुगेको अवस्थामा आर्थिक प्रस्ताव मूल्यांकन गर्न नमिल्ने भनी विज्ञले स्पष्ट राय दिएका थिए।

४. खरिद प्रक्रिया रद्द भइसकेको अवस्थामा पनि ठेकेदार सीएएमसीले वार्तामार्फत ठेक्का हात पार्न बद्‌नियतपूर्ण प्रस्ताव राख्यो। खरिद अनुगमन कार्यालयले वार्ता गर्न नमिल्ने र एक्जिम बैंकले पुनः बोलपत्र गर्न सुझाए पनि त्यसलाई बेवास्ता गर्‍यो। ठेकेदारले बिड बन्डको म्याद थपेर छिटो काम अघि बढाउन दबाब दिँदै जसरी पनि ठेक्का हत्याउन खोजेको पाइयो।

५. मन्त्रिपरिषद्ले स्वीकृत लागत सीमाभित्र रही काम गर्न भने पनि प्राधिकरणले सो विपरीत ठेकेदारको वार्ता प्रस्ताव स्वीकार गरेको जानकारी गरायो। लागत बढाउने कार्यलाई वैधता दिन उच्च ओहोदाका व्यक्तिहरूको ख्याति दुरुपयोग गर्दै परामर्शदाता टोली गठन गरेको पुष्टि भयो।परामर्शदाता टोलीले बद्‌नियत राखी ठेकेदारकै रिपोर्टका आधारमा लागत २१५.९६५ मिलियन डलर पुर्‍याउन सिफारिस गरेको देखियो।

६. परामर्शदाता टोलीले आफ्नो पद र ख्याति दुरुपयोग गरी कानुन विपरीत ठेकेदारलाई फाइदा पुग्ने गरी राय दिएको स्थापित भयो। लेखा समितिको छानबिनले पनि बिना आधार मूल्य बढाएर ठेक्का टुङ्ग्याउने कार्य भ्रष्टाचारजन्य भएको निष्कर्ष निकालेको पाइयो।

७. मन्त्रिपरिषद्को निर्णयको अपव्याख्या गरी मन्त्रालय र प्राधिकरणले ठेकेदारसँग मिलेमतोमा काम अघि बढाएको देखियो। बोलपत्रका सर्त र मोडालिटीलाई गैरकानुनी रूपमा परिवर्तन गरी ठेकेदार अनुकूल हुने गरी सम्झौताको मस्यौदा तयार पारेको देखियो। सारभूत रूपमा प्रभावग्राही नभएको बोलपत्र रद्द गर्नुपर्नेमा ठेक्का सम्झौता गर्नु खरिद ऐनको ठाडो उल्लंघन भएको पाइयो।

८. इन्जिनियरिङ अध्ययन संस्थानको टोलीले पनि पर्याप्त अध्ययनबिना बद्‌नियतपूर्ण रूपमा लागत बढाउन मद्दत पुग्ने प्रतिवेदन दिएको देखियो। बढाइएको लागत २१५.९६५ मिलियन डलरमा ठेक्का दिनु गैरकानुनी हो भन्ने जान्दाजान्दै आयोजना कार्यान्वयनको निर्णय गरेको पाइयो। अर्थमन्त्रीको कार्यकक्षमा बसेको बैठकले बद्‌नियतपूर्ण निर्णय गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव लगे पनि मन्त्रिपरिषद्ले स्वीकृत नगरेको देखियो।

९. १६९ मिलियन डलरको लागतलाई बढाएर २१५ मिलियन डलर पुर्‍याई ऋण सम्झौता गर्दा राज्यलाई ७४ मिलियन डलरभन्दा बढी नोक्सान भएको पुष्टि भयो। वार्ता गर्ने कानुनी प्रावधान नभएको स्पष्ट राय हुँदाहुँदै वार्तामार्फत लागत बढाउनुले बद्‌नियत र भ्रष्टाचार पुष्टि गरेको देखियो।कानुन बमोजिम आफैँले निर्णय गर्नुपर्ने विषयमा उन्मुक्ति पाउन मन्त्रालयले पटक-पटक मन्त्रिपरिषद्‌मा प्रस्ताव लगेको देखियो।

१०. मन्त्रिपरिषद्को निर्णयको अपव्याख्या गर्दै प्राधिकरणले ठेकेदारलाई बोलपत्र स्वीकृत भएको गलत जानकारी गराएको पाइयो। खरिद प्रक्रिया रद्द गर्नुपर्ने स्पष्ट हुँदाहुँदै कसुर ढाकछोप गर्न विभिन्न निकायसँग राय माग्ने नाटक गरेको देखियो। ठेकेदार कम्पनीलाई नै सम्भाव्यता अध्ययन गर्न दिई उसैको प्रतिवेदनका आधारमा लागत बढाउनुले बद्‌नियत पुष्टि गरेको देखियो।

११. परामर्शदाता टोलीले कुनै कानुनी वा प्राविधिक आधारबिना केवल भ्रष्टाचारलाई चोख्याउन ठेकेदार अनुकूल राय दिएको पाइयो। परामर्शदाता टोलीले गैरकानुनी खरिद प्रक्रियालाई निरन्तरता दिन र लागत बढाउन मिल्ने भनी बद्‌नियतपूर्ण सिफारिस गरेको देखियो। परामर्शदाताको प्रतिवेदनलाई आधार मानी सञ्चालक समितिले लागत बढाउने प्रस्ताव मन्त्रालय पठाउनु कानुन विपरीत देखियो।

१२. मन्त्रिपरिषद्को निर्णयको अपव्याख्या गर्दै मन्त्रालयले प्राधिकरणलाई गैरकानुनी रूपमा प्रक्रिया अघि बढाउन निर्देशन दिएको पाइयो। तत्कालीन महानिर्देशकले गैरकानुनी हो भन्ने जान्दाजान्दै लागत बढाउने प्रस्ताव सदर गराउन सक्रिय भूमिका खेलेको देखियो। राष्ट्रसेवक र ठेकेदार दुवैले मिलेमतो गरी मनासिब कारण बिना लागत इष्टिमेट अस्वाभाविक रूपमा बढाएको प्रष्ट देखियो। लागत बढेको र प्रक्रिया गलत भएको जान्दाजान्दै कर्मचारीहरूले बद्‌नियतपूर्ण तवरले ठेक्का सम्झौता तयार र हस्ताक्षर गरेको पाइयो।

१३. मन्त्रालयले ठेकेदार कम्पनीसँग सम्झौता गर्न दिएको निर्देशन नियोजित र बद्‌नियतपूर्ण रहेको पुष्टि भयो। अयोग्य कम्पनीसँग बढाइएको मूल्यमा गरिएको ठेक्का सम्झौता भ्रष्टाचार गर्ने उद्देश्यले भएको सौदाबाजी रहेको पुष्टि भयो।

१४. लागत वृद्धिलाई जायज ठहर्‍याउन मन्त्रालयका सचिवको पहलमा पुनः अर्को परामर्शदाता प्रयोग गरी गलत प्रतिवेदन तयार पारिएको देखियो। विभिन्न समिति र परामर्शदाताका प्रतिवेदनहरू केवल ठेकेदारलाई काम दिन र भ्रष्टाचारलाई वैधानिकता प्रदान गर्न प्रयोग गरिएको पाइयो।

१५. मिलेमतोमा लागत बढाई राज्यलाई ७ करोड ४३ लाख डलर (करिब साढे ८ अर्ब रुपैयाँ) हानी पुर्‍याएको तथ्य स्थापित भयो।

 

प्रकाशित: २०८२ मङ्सिर २१ गते आईतबार ०५:५४
प्रतिक्रिया

थप समाचार

गोलबजारका पूर्वमेयर तेलीसहित ७ जनाविरुद्ध १ करोड ६० लाखको मुद्दा

काठमाडौँ: सिरहाको गोलबजार नगरपालिका पूर्वमेयर देवनाथ साहु तेलीसहित ७ जनाविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा तेलीसहित तत्कालीन उपप्रमुख...

किन पक्राउ परे लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट ?

काठमाडौँ: लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। शनिबार साँझ उनलाई प्रहरीले ललितपुरको सानेपाबाट पक्राउ गरेको हो। उच्च तहको ‘सेटिङ’ (फिक्सिङ)...

यसै वर्ष आर्थिक सुधारका २७ नयाँ कानुन ल्याउन सरकारको तयारी

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सुधारका लागि सरकारले चालू आर्थिक वर्षमा २७ वटा नयाँ कानुन ल्याउने बताएका छन्। शुक्रबार आयोजित नेपाल पूर्वाधार सम्मेलन २०२६ तयारी सम्बन्धी...

सर्वोच्चले धरौटीमा छाडेका शंकर ग्रुपका अध्यक्ष अग्रवाललाई थुनामा पठाउन विशेषको आदेश

काठमाडौँ: विशेष अदालतले शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई थुनामा पठाउन आदेश गरेकाे छ। न्यायाधीशत्रय वाशुदेव  आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले अग्रवाललाई थुनामा पठाउन आदेश...

पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा पक्राउ

काठमाडौं। पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो। उनलाई राती ३ बजे पक्राउ गरेर ल्याइएको जानकारी प्रहरी...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना