काठमाडौँ: सर्वोच्च अदालतले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने ऊर्जा तथा जलस्रोतमन्त्री कुलमान घिसिङको निर्णय उल्टाएको छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार शाक्यको पद पुनःस्थापना गर्न परमादेश जारी गर्दै उनलाई पुनः कार्यकारी निर्देशकमा फर्काउने आदेश दिएको हो।
प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक शाक्यले सरकारले आफूलाई गैरकानुनी रुपमा पदबाट हटाएको भन्दै आफूलाई पुनर्बहालीको मागसहित सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।
ऊर्जामन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले गत असोज ५ गते शाक्यलाई ऊर्जा आयोगमा सरुवा गरेको थियो। उनको ठाउँमा मनोज सिलवाल नियुक्त भएका थिए


