२०८३ कार्तिक १४ गते शुक्रबार

सिन्धुलीमा ‘जुनार महोत्सव’ सुरु, वार्षिक ७५ करोडको बिक्री

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २३
junar
लटरम्म सुन्तला सिन्धुली, २३ मङ्सिरः सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ स्थित माझकुभिण्डे क्षेत्रमा फलेको लटरम्म सुन्तला । तस्बिरः नारायण न्यौपाने÷रासस

सिन्धुली। जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ माझकुभिण्डेमा आजदेखि तीनदिने जुनार महोत्सव सुरु भएको छ। बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसुदन पौडेल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठलगायतका जनप्रनिधिले संयुक्त रुपमा महोत्सवको उद्घाटन गरेका छन्।

राष्ट्रिय तथा अन्तरर्राष्ट्रियस्तरमा जुनारको प्रचारप्रसार र पक्की सडक निर्माणको आवश्यकतालाई ध्यानाकर्षण गराउन महोत्सव आयोजना गरिएको हो। महोत्सवमा किसानहरुले जुनारबाट निर्मित जुस, स्क्वास, जाम, जेली, क्याण्डीलगायतका खाद्यवस्तु प्रदर्शनी तथा बिक्रीमा राखिएको छ। तीन दिनसम्म सञ्चालन हुने महोत्सवका अवसरमा कृषक र विज्ञबीच बगैँचामा जुनार प्रवर्द्धनसम्बन्धी छलफल हुनेछ।

उद्घाटन सत्रमा सहभागी जनप्रतिनिधिले किसानका समस्या समाधानमा गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्। नेपालको पहिचानको रुपमा उत्पादन भइरहेको जुनारको बजारसम्म पहुँच विस्तार गर्न केन्द्रीय सरकारसँग उनीहरुको आग्रह छ।

गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्र अहिले जुनार–सुन्तलाले पहेँलपुर छ। किसानले जुनार र सुन्तलालाई मुख्य बालीकारुपमा लगाएपछि त्यस क्षेत्रका बगैँचा जुनार–सुन्तलाले ढाकेका हुन्।

परम्परागत बाली धान, मकै, कोदो, गहुँ र आलुको तुलनामा १० गुणा बढीसम्म आम्दानी भएपछि जुनार खेती सबै किसानको रोजाइमा छ। किसानको उत्पादनको प्रचारप्रसार र विश्व बजारसम्म पहुँच विस्तार गर्न स्थानीय सरकारले पछिल्ला वर्ष ‘जुनार महोत्सव’ गर्दै आएका छन्।

यसवर्ष जिल्लाको पहिचान र गोलञ्जोरको गौरवका रुपमा रहेको जुनारको प्रचारप्रसार तथा व्यवस्थित कृषि सडकको आवश्यकताबारे प्रदेश र केन्द्र सरकारलाई ध्यानाकर्षण गराउन महोत्सव आयोजना गरिएको गोलन्जोर गाउँपालिकाका अध्यक्ष शङ्करराज बरालले बताए। उनले भने, “जुनारको प्रवर्द्धन, क्षेत्र विस्तार, बजारीकरण, गुणस्तर तथा देश विदेशमा प्रचारप्रसार पुर्याउने यस वर्षको महोत्सवको उद्देश्य हो।”

जुनार उत्पादन क्षेत्रमा व्यवस्थित सडक नहुँदा बजारसम्म लैजाने क्रममा छिट्टै कुहिएर नष्ट हुने किसानको गुनासो छ। गोलन्जोर क्षेत्रलाई सरकारले जुनार खेतीको ‘सुपर जोन’ घोषणा गरिसकेको छ।

सरकारी आँकडाअनुसार यहाँबाट गत आर्थिक वर्ष २०८१०८२ मा ३४ करोडको जुनार बिक्री भएको छ। किसानले आफ्नै घर आँगनको बगैँचामा प्रतिकिलो ५० देखि ६० रुपैयाँसम्ममा बिक्री गर्दै आएको जुनार बजरमा प्रतिकिलो ८० देखि १०० रुपैयाँमा उपभोक्ताले खरिद गर्दै आएका छन्।

गोलञ्जोर गाउँपालिकाको कृषि विकास शाखा कार्यालयका प्रमुख चन्द्रकान्त चौधरीका अनुसार सो पालिकाबाट अघिल्लो आर्थिक वर्षमा यस पालिकाबाट ३४ करोड १९ लाख ९० हजार रुपैयाँबराबरको जुनार बिक्री भएको छ। जिल्लाबाट समग्रमा ३६ करोड ६४ लाख १० हजारको कारोबार भएको देखिन्छ।

जिल्ला जुनार सहकारी संघले सरकारी तथ्याङ्क भन्दा दोब्बर अर्थात करिब ७५ करोड रुपैयाँबराबरको वार्षिक कारोबार हुने जनाएको छ। सिन्धुलीमा जुनार खेती निकै पहिलेदेखि हुँदै आइरहेको छ। जिल्लाभरमा एक हजार १०० हेक्टरमा जुनार खेती छ।

व्यावसायिक जुनार खेती ७५० हेक्टर क्षेत्रफलमा छ। हावापानीका हिसाबले गोलञ्जोरका सात वटै वडामा जुनार उत्पादन हुन्छ। गोलञ्जोरमा मात्रै पनि एक हजार हेक्टरमा जुनार छ। व्यावसायिक खेती भने करिब ७०० हेक्टरमा भइरहेको कृषि विकास कार्यालयको तथ्याङ्क छ।

सिन्धुलीका जुनार काठमाडौँ, पोखरा, हेटौँडा, जनकपुर, सिरहा, पाँचथर, नारायणगढ, विराटनगर, झापा मात्र नभई सीमा क्षेत्रका भारतीय बजारसम्म पुग्ने गरेको छ। ‘सुपरजोन’ कार्यालयमार्फत जुनार/सुन्तला किसानले तालिम, नर्सरी सुधार, सिँचाइ, बगैँचा विस्तार, यान्त्रीकरणका लागि सहयोग पाइरहेका छन्।

गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले बाटो र बजारीकरण मुख्य समस्याका रुपमा रहेको बताए। “कृषि सडक कालोपत्र गर्न प्रदेश र संघीय सरकारले सहयोग गर्दैन, पालिकाको बजेटबाट सम्भव भएन। सडकलाई नै केन्द्रित गर्ने गरी प्रचारप्रसार गर्ने महोत्सवको लक्ष्य हो”, उनले भने।

उपाध्यक्ष न्यौपानेले स्थानीय धापचौकीदेखि बाहुनतिल्पुङसम्मको महाभारत क्षेत्रको कृषि सडक करिडोरलाई कालोपत्रे गर्न सहयोगको अपेक्षा गरिएको बताए। सिन्धुलीको महाभारत क्षेत्रका युवालाई जुनार/सुन्तला खेतीले केही हदसम्म रोजगारी प्रदान गरेको छ। एक जना किसानको बगैँचामा एक हजार ७०० सम्म जुनारका बोट छन्। एउटा बोटबाट अधिकतम् २१ हजार रुपैयाँसम्मको फल बिक्री भएको तथ्याङ्क छ।

पछिल्लो समय टाढा–टाढाबाट जुनार/सुन्तला खेती हेर्न र यससम्बन्धी अध्ययन गर्ने आउनेको सङ्ख्या बढेसँगै ग्रामीण पर्यटन प्रवद्र्धनको सम्भावनासमेत बढेको छ। गोलञ्जोरमा उत्पादन भएका जुनारका कारण फलफूल व्यापारी र अन्य व्यवसायीको आर्थिक उन्नति देखिएको छ।

जुनार गुणस्तरका हिसाबले टिप्ने मौसम मङ्सिर–पुस भए पनि कात्तिकदेखि फागुनसम्म बोटमा रहने फल हो। पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण विगतमा कम उचाइमा फल्ने यो फलले अग्गो ठाँउतिर सर्दै गएको छ।

जिल्ला जुनार सहकारी संघका अध्यक्ष निर्मल रम्तेलले यसवर्षको महोत्सव सिन्धुलीको जुनारलाई राष्ट्रिय तथा अन्तरर्राष्ट्रियस्तरमा चिनाउने र प्रवर्द्धन गर्ने उद्देश्य राखिएको जानकारी दिए। जुनार खेती प्ररवर्द्धनका लागि प्रविधि हस्तान्तरण र चिसान केन्द्र निर्माण भइरहेको छ। जुनारबाट जुसलगायत २१ प्रकारका परिकार बन्छ।

अहिले आठ सयदेखि एक हजार मिटरसम्मको उचाइमा लागेका दाना दसैँतिहारमै खान योग्य हुन्छ भने त्यो भन्दामाथिको मङ्सिर, पुस र माघसम्म रहन्छ। रुखबाट टिपेर चिस्यान केन्द्रमा राखेको जुनार सुन्तला वैशाखसम्मै रहन्छ।

सिन्धुलीमा नयाँ प्रविधियुक्त करिब १५ वटा चिस्यान केन्द्र छन्। ती सबैमा गरी करिब एक हजार २०० मेट्रिकटन जुनार भण्डारण गरेर राख्न सकिन्छ।

हाल सिन्धुलीको महाभारत क्षेत्रमा जुनारबारे जानकारी लिन, बगैँचामै पुगेर आफ्नै हातले टिपेर खानेको सङ्ख्या प्रतिदिन बढोत्तरी भएसँगै आन्तरिक ग्रामीण पर्यटन प्रवर्द्धनको सम्भावना बढेको छ।

देशकै पहिचान बोकेको महत्वपूर्ण फलका रुपमा जुनारको विकास र विस्तार भइरहेकाले अन्तरर्राष्ट्रिय बजारमा पुर्याउने वातावरण बनाइ दिन सरकारसँग माग गर्दै किसानले जिल्लामै जुनार अनुसन्धान केन्द्र स्थापना गरी रोगकिरा नियन्त्रण र ज्ञान सिकाउने वातावरण बनाउन ध्यानाकर्षण गराउँदै आएका छन्।

प्रकाशित: २०८२ मङ्सिर २३ गते मङ्गलबार ०६:१९
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना