काठमाडौँः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ।
कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो। बुधबार बसेको कम्पनी सञ्चालक समितिको १२५औं बैठकले हाल कायम चुक्ता पूँजी ५ अर्बको २० प्रतिशत (लाभांशमा लाग्ने कर समेत) अर्थात एक अर्ब रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो।
कम्पनीले सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति तथा कम्पनीको आगामी नवौं वार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्नेछ।


