काठमाडौँः आइएमई लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
इन्स्योरेन्सको बिहीबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १०.५२ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने घोषणा गरेको हो।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण गरिनेछ।


