काठमाडौँः नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ३५ सय रुपैयाँले बढेर २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन बिहीबार सुन तोलाको २ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यस दिन चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन बिहीबार तोलाको ३ हजार ८०५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार (आज) बढेर ३ हजार ९०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।


