२०८३ कार्तिक १४ गते शुक्रबार

अण्डाको लागत मूल्य बढेर पुग्यो १९.१२ रुपैयाँ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २६
eggs

चितवन। अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ। पोल्ट्री व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरुको समिति बनाई निकालेको लागत मूल्यअनुसार यसअघिको लागत मूल्यभन्दा वृद्धि भएको हो।

लागत मूल्य अध्ययन समितिका सदस्यसचिव कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यप्क्षक डा अनन्त दाहालका अनुसार अहिले निकालिएको एउटा अण्डाको लागत मूल्य १९.१२ पर्न आउँछ। विगतमा लागत मूल्य रु १६.५६ रहेको थियो। तीन वर्ष अघि सरकारी र निजी क्षेत्रका भेटेरिनरियन चिकित्सकहरुले लागत मूल्य निकालेका थिए।

डा दाहालका अनुसार १० हजार लेयर्स कुखुरापालन गरी अण्डा उत्पादन गर्दा लाग्ने अण्डाको मूल्य निकालिएको हो। यस अनुसार चल्लाको मूल्य प्रतिगोटा १५० रुपैयाँका दरले १५ लाख, तीन प्रकारका दाना, औषधि र भेक्सिन गरी तीन करोड ४८ लाख ८८ हजार ८०० रुपैयाँ खर्च निकालिएको छ।

यसमा सुरुमा चल्लालाई खुवाउने एल वान दाना एउटा चल्लालाई दुई किलो, जसको मूल्य प्रतिकिलो ६८ राखिएको छ। हुर्काउलो कुखुराका लागि छ किलो (एल टु दाना), यसको सरदर मूल्य ६१ रुपैयाँ राखिएको छ। १९ हप्तादेखि ८० हप्तासम्मको अण्डा दिने समयका लागि ४८ किलो एलथ्री दाना एउटा कुखुराले खान्छ। जसको मूल्य ६०.५० रुपैयाँ पर्दछ। त्यस्तै औषधि र भेक्सिनको ११ लाख रुपैयाँ खर्च हुने उनले जानकारी दिए।

त्यसैगरी मजदुर, भेटेरिनरी चिकित्सक, व्यवस्थापक, विद्युत, धानको भुस, खोरको मर्मत, खोरमा त्रिपाल, चल्ला तातो बनाउने ग्यास, अण्डाको क्रेट र डिजेल गरी ६० लाख ५८ हजार ६९६ रुपैयाँ खर्च हुने दाहालले बताए।

जसमा मजदुर खर्च २५ लाख २० हजार, भेटेरिनरी चिकित्सक (आंशिक) को चार लाख ५० हजार, व्यवस्थापकको सात लाख २० हजार, बिजुलीको दुई लाख १३ हजार ९९६, धानको भुसको चार लाख, खोरको मर्मत तीन लाख ५० हजार, पाँच वटा खोरमा त्रिपाल राख्दा एक लाख ५० हजार, ग्यासको ४० हजार रुपैयाँ लागत निकालिएको छ।

यस्तै अण्डाको क्रेटको आठ लाख ९६ हजार र डिजल एवं जेनेरेटर खर्च तीन लाख १९ हजार रुपैयाँ लागत निकालिएको उनले जानकारी दिए।

त्यसैगरी अण्डा ढुवानीको मजदुर खर्च छ लाख ३० हजार, ढुवानी सवारीको दुई लाख ५० हजार र खोरको ह्रासकट्टी १९ लाख ७२ हजार ५००, मजदुरको आवासको ह्रासकट्टी दुई लाख र बैंक ब्याज ४९ लाख ५९ हजार ७५० रुपैयाँ लागत निकालिएको छ। यी सबैको एकमुष्ट ८० लाख १२ हजार २५० रुपैयाँ हुन आउँछ।

सम्पूर्ण खर्च जोड्दा १० हजार कुखुरापालन गरी अण्डा उत्पादन गर्दा चार करोड ९८ लाख ५९ हजार रुपैयाँ हुन आउँने उनको भनाइ छ। डा दाहालले भने, “१० हजार कुखुरापालन गरी अण्डा उत्पादनपछि बजारसम्म पुर्‍याउँदा लाग्ने सम्पूर्ण खर्चलाई जोडेर लागत मूल्य निकालेका हौँ।”

त्यसैको आधारमा प्रतिगोटा लागत मूल्य रु १९.१२ पर्न आएको उनको भनाइ छ। पालिएका सबै कुखुराले शतप्रतिशत अण्डा नदिने, अण्डा बजारसम्म पुर्‍याउँदा नोक्सान हुनेजस्ता विषयवस्तु समेतको अध्ययन गरी लागत मूल्य निर्धारण गरिएको उनले बताए।

चल्ला राखेदेखि अण्डा दिई ८० हप्तासम्म पाल्दा दुई हजार कुखुरा मर्ने हुँदा आठ हजार कुखुराले २६ लाख ८८ हजार अण्डा पार्दछन्। जसको तीन प्रतिशत फुट्ने र बिक्री अयोग्य हुन्छ। दाहालका अनुसार जसबाट ८० हजार ६४० वटा अण्डा बिक्री गर्न अयोग्य हुन्छ। यसरी हेर्दा २६ लाख ७ हजार ३६० अण्डा बिक्री गर्न योग्य हुन्छन्।

यसैगरी आम्दानीतर्फ अण्डा दिन छाडेपछि आठ हजार कुखुरा २०० रुपैयाँका दरले बिक्री गर्दा १६ लाख र ३०० बोरा मल २०० का दरले बिक्री गर्दा ६० हजार रुपैयाँ गरी कूल अन्य आम्दानी १६ लाख ६० हजार रुपैयाँ हुने उनको भनाइ छ।

अध्ययन समितिको संयोजकमा सोही विश्वविद्यालयका प्रा डा रेवन्तकुमार भट्टराई, प्राडा सुविर सिंह,सहप्राध्यापक डा अनिलकुमार तिवारी र सदस्यसचिवमा उपप्राध्यापक डा अनन्त दाहाल रहनु भएको छ।

अध्ययन प्रतिवेदनमाथि सरोकारवालाहरुबीच अन्तक्र्रिया सम्पन्न भएको छ। मञ्चले आज एक विज्ञप्ति जारी गर्दै अध्ययन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरी निर्णय गरेको जनाइएको छ।

छलफलमा पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा विजयकुमार श्रेष्ठ, पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपाने, भरतपुर महानगरपालिकाका वरिष्ठ कृषि अर्थविज्ञ तेजेन्द्र पौडेल, उद्योग वाणिज्य संघका चितवनका उपाध्यक्ष राजेन्द्र ओली, उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरी, चितवन उद्योग संघका उपाध्यक्ष गोपाल गैरे, चितवन चेम्बर अर्फ कमर्सका कोषाध्यक्ष प्रकाश श्रेष्ठलगायत पोल्ट्रीसँग सरोकार राख्ने संघ संस्थाका प्रतिनिधि सहभागी थियो।

नेपाल कुखुरा व्यवसायी मञ्चले अण्डाको लागत मूल्य निर्धारणका लागि गठित समितिले अण्डा उत्पादनका लागि लाग्ने विभिन्न खर्चहरुको विश्लेषण गरी वर्तमान अवस्थामा अण्डाको प्रतिगोटा उत्पान लागत १९.१२ रुपैयाँ कायम भएकाले उक्त लागत मूल्यलाई समर्थन गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ। सो मूल्यलाई जिल्ला पशु सेवा कार्यालय हुँदै कृषि तथा पशुपछी विकास मन्त्रालय पठाई अनुमोदन गराउने निर्णय भएको संघका अध्यक्ष रघुनाथ भट्टले बताउनुभयो ।

प्रकाशित: २०८२ मङ्सिर २६ गते शुक्रबार ०३:४८
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना