खोटाङ। यो वर्ष खोटाङमा तीन हजार ४१० मेट्रिकटन सुन्तला उत्पादन भएको छ। जिल्लाका अधिकांश कृषकले उत्पादन गरेका सुन्तला ठेकेदारले बगानबाटै खरिद गरिरहेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ।
जिल्लामा उत्पादित सुन्तला प्रतिकिलो सरदरमा १०० का दरले बिक्री गर्दा यो वर्ष ३४ करोड १० लाख आम्दानी हुने केन्द्रका अर्थविज्ञ दीपक चौहानले जानकारी दिए ।
“यो वर्ष सबैभन्दा बढी जन्तेढुङ्गा र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सुन्तला उत्पादन भएको छ। जन्तेढुङ्गा गाउँपालिकाबाट चार करोड ५० लाख रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको छ।
कृषक आफैँले बजार लगेर बिक्री गर्दा प्रतिकिलो १३० रुपैयाँसम्म पर्छ। कृषकबाट खरिद गरिएका सुन्तला व्यापारीले प्रतिकिलो १५० मा बिक्री गर्छन्।


