२०८३ कार्तिक १४ गते शुक्रबार

अक्षय गोल्याणले भनेः सबैको सामूहिक प्रयासबाट ग्रुपलाई थप उचाइमा पुर्याउन प्रयास गर्नेछु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २८
62533267-2f1f-4bbc-af1b-445267c4c3ca

काठमाडौं। गोल्याण ग्रुपका नवनियुक्त अध्यक्ष अक्षय गोल्याणले नेपालको उत्कृष्टतालाई विश्वमञ्चमा अझ बलियोसँग स्थापित गर्ने बताएका छन्। उनको सम्मानमा आइतबार गोल्याण टावरमा आयोजित बधाई तथा स्वागत कार्यक्रममा अध्यक्ष गोल्याणले यस्तो बताएका हुन्।

‘हामी एउटा यस्तो ‘नवीन’ र उत्कृष्ट गोल्याण ग्रुप निर्माण गर्नेछौं, जसले विश्वव्यापी प्रतिस्पार्धामा आफूलाई अब्बल सावित गर्नेछ,’ उनले भने, ‘जहाँ हाम्रो देशप्रतिको जिम्मेवारी प्रतिविम्बित हुनेछ।’

मंसिर २४ गते गोल्याण ग्रुपले आफ्नो वार्षिकोत्सव समारोहमा ३७ वर्षीय अक्षयलाई अध्यक्ष चयन भएको घोषणा गरेको थियो। अध्यक्ष चयनपछि आइतबार त्यहाँ कार्यरत कर्मचारीले स्वागत तथा बधाइ ज्ञापन गरेका थिए।

कर्मचारीलाई सम्बोधन गर्दै नवनियुक्त अध्यक्ष गोल्याणले सबैको सामूहिक प्रयासबाट अग्रणी व्यावसायिक संस्थाको रुपमा स्थापित गोल्याण ग्रुपलाई थप उचाइमा पुर्याउन आफ्नो प्रयास रहने बताए।

संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक पवन गोल्याण र उपाध्यक्ष वासुदेव गोल्याणको प्रेरणा र मार्गनिर्देशलाई सधैं शिरोपर गर्ने उल्लेख गर्दै उनले भने, ‘तपाईँहरुले मप्रति दर्शाउनुभएको विश्वास र माया, संस्थाप्रतिको समर्पण र कामप्रतिको कडा संघर्षले मलाई अझ उत्साही बनाएको छ।’

विश्वको उत्कृष्ट १०’ मध्येमा पर्ने स्पेनको यूनिभर्सिटीबाट बिजनेश स्टडिजमा स्नातकोत्तर गरेका अक्षय ९ वर्षदेखि ग्रुपको प्रवन्ध निर्देशक थिए। संस्थापक अध्यक्ष पवन गोल्याणले अध्यक्षको जिम्मेवारी सुम्पिएसँगै अब अक्षयको काँधमा कार्यकारी भूमिकासहित ग्रुपको समग्र नेतृत्व आइपुगेको छ।

६५ वर्ष लामो विरासत बोकेको गोल्याण ग्रुपलाई अब तेस्रो पुस्ताका प्रतिनिधि अक्षयले हाँक्नेछन्। हजुरबुवा सोहनलाल गोल्याणले सुरु गरेको व्यवसाय बुवा पवन गोल्याण हुँदै अक्षयमा आइपुगेको हो।

गोल्याण ग्रुप नेपालको उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, कृषि र हस्पिटालिटी क्षेत्रमा बलियो उपस्थिति रहेको अग्रणी व्यावसायिक समूह हो। करिब १० हजार कर्मचारी कार्यरत गोल्याण ग्रुपले ६० भन्दा बढी ग्लोबल मार्केटमा उपस्थिति रहेको छ। ग्रुपको वार्षिक कारोबारमात्र ४० करोड अमेरिकी डलरभन्दा बढी छ। नयाँ पुस्ताको नेतृत्वमा ग्रुपको विकास र विकास हुने विश्वास गरिएको छ।

समग्र कर्मचारीको तर्फबाट स्वागत तथा बधाइ ज्ञापन गर्दै मानवस्रोत विभागका महाप्रवन्धक अनुश्री ताम्राकारले नयाँ नेतृत्व चयनसँगै गोल्याण ग्रुपको नयाँ अध्याय सुरु भएको र यो क्षण कोशेढुंगा सावित हुने बताइन्।

प्रकाशित: २०८२ मङ्सिर २८ गते आईतबार ०४:०३
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना