काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेका नाफाबाट सेयरधनीलाई ६.३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।
जसअनुसार ६ प्रतिशत बोनस सेयर र शून्य दशमलव ३१ प्रतिशत कर तिर्ने प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ। कम्पनीले १७ करोड ५३ लाख रुपैयाँ बोनस सेयर र ९२ लाख ३१ हजार रुपैयाँ नगद लाभांश दिने भएको छ।
नियामक नेपाल बिमा प्राधिकरणको स्वीकृति र त्यसपछि हुने साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई लाभांश वितरण हुने शिखरले जनाएको छ।
गत आर्थिक वर्षमा कम्पनीले ४५ करोड २७ लाख रुपैयाँ खुदनाफा गरेको थियो ।


